इतिहास रच्दै सन्देश स्याङ्वो बने नेपालका पहिलो दृष्टिविहिन चेस च्याम्पियन

ललितपुर: दृष्टिविहिन खेलाडी सन्देश स्याङ्वोले नेपालमै पहिलो पटक आयोजना गरिएको दृष्टिविहिन चेस प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेका छन्। यससँगै नेपालमा पहिलो पटक “दृष्टिविहिन चेस प्रतियोगिता पभिलियन” सफलतापूर्वक सम्पन्न भएको छ।

 

राष्ट्रिय सहकारी महासंघ, हरिहरभवनको सभाहलमा सम्पन्न दुईदिने प्रतियोगिता नेपाल त्रिवासा संस्था र पभिलियन चेस एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न भएको हो। प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका सन्देश स्याङ्वोले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारे। उपाधिसँगै उनले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

 

प्रतियोगितामा नमुना मछिन्द्र उच्च माध्यमिक विद्यालय, लगनखेलका निमेश महतो थारू दोस्रो स्थानमा रहँदै नगद रु ६ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे भने आदर्श सेकेण्डरी स्कुलकै अजय बर्देवालाले तेस्रो स्थान हासिल गर्दै नगद रु ४ हजार, मेडल र प्रमाणपत्र पाए।

 

सञ्जीवनी उच्च माध्यमिक विद्यालय, धुलिखेलका सहदेव के.सी. चौथो, आदर्श सेकेण्डरी स्कुल सानो ठिमीका अजय नेपाल पाँचौँ, पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरका दिपेश उपाध्याय छैटौँ तथा ल्यावोटरी स्कूल, कीर्तिपुरका अमन थारू सातौँ स्थानमा रहे।

 

यसैगरी पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरका खेलाडीहरू संयोग के.सी., सुजित तामाङ र सोफिक तामाङ क्रमशः आठौँ, नवौँ र दशौँ स्थानमा रहन सफल भए।

 

महिलातर्फ ल्यावोटरी स्कूल, कीर्तिपुरकी ऋतिका घिमिरे प्रथम बन्दै नगद रु ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। आरोही सुवेदी दोस्रो भइ नगद रु ३ हजार तथा पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरकी कोपिला तामाङ तेस्रो बन्दै नगद रु २ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भइन्।

समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै प्रतियोगिताको प्रशंसा गरे। उनले नगद रु ३० हजार पुरस्कार हस्तान्तरण गर्दै महानगरपालिका योजनाबद्ध रूपमा साना–ठूला परियोजनाहरू सम्पन्न गर्दै अघि बढिरहेको उल्लेख गरे। बुद्धिचाल खेलले रणनीति, धैर्य र दीर्घकालीन सोच सिकाउने भएकाले यसको महत्व झनै बढ्दै गएको उनको भनाइ थियो।

 

ल्यावोटरी स्कूल (कीर्तिपुर), नमुना मछिन्द्र उच्च माध्यमिक विद्यालय (लगनखेल), सञ्जीवनी उच्च माध्यमिक विद्यालय (धुलिखेल), पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय (तारकेश्वर), आदर्श सेकेण्डरी स्कुल (सानो ठिमी) तथा अपाङ्ग सेवा संघ (बुङ्गमती) का गरी करिब ५० जना दृष्टिविहिन खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको उद्देश्य दृष्टिविहिन विद्यार्थीलाई बुद्धिचाल खेलप्रति आकर्षित गर्दै मानसिक क्षमता, निर्णय क्षमता र समस्या समाधान कौशल विकास गराउनु रहेको आयोजकले जनाएका छन्।

 

आयोजक संस्थाका अनुसार बुद्धिचाल (चेस) दृष्टिविहिन बालबालिकाका लागि स्मरण शक्ति, धैर्य, मानसिक स्थिरता र केन्द्रित सोच विकास गराउने प्रभावकारी खेल हो। नेपाल त्रिवासा संस्था शिक्षा, सामाजिक सशक्तिकरण, सीप विकास तथा समावेशी विकासका कार्यक्रममार्फत सीमान्तकृत समुदायको हितमा निरन्तर काम गर्दै आएको गैरनाफामूलक संस्था हो। कार्यक्रमको उद्घोषण सञ्चारकर्मी अनिता पुराकोटीले गरेकी थिइन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...