सुमधुर स्वरका धनी गायक बिमल परियार करोड क्लवका गायक बने (भिडियो सहित)
वि.सं.२०८० साउन २५ बिहीवार १३:०५
काठमाडौं । नेपाली सांगीतिक बजारमा दिन प्रतिदिन गीतहरु आउने गर्दछन् । सबै गीत सफल हुन सक्दैनन् । केही गीतले मात्र सफलता पाउने गर्दछन् । सुमधुर स्वरका धनी गायक बिमल परियारको गीत “कहाँको साईनो” केही महिना अघी सार्वजनिक भएको थियो ।
यस गीत हालः करोड क्लवमा प्रबेश गरेको छ । “कहाँको साईनो” करोड क्लवमा पुगे संगै बिमल परियार करोड क्लवका गायक बनेका छन् । यस गीतमा बिमल परियार र शान्ती श्री परियारको स्वर रहेको छ भने चर्चित सर्जक शिब हमालको शब्, बिमल परियारको संगीत रहेको छ ।
चर्चित निर्देशक मौसम हिमालीको निर्देशन रहेको गीतमा नवराज उप्रतीको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु प्रकाश सपुत, रजनी गुरुङ, लक्ष्मी थापा मगर आदीको अभिनय रहेको छ । यस गीतलाई बिमल परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० साउन २५ बिहीवार १३:०५