रिता केसी र भरत परियारको स्वरमा दशैं बिशेष गीत “जमरा र टिका” सार्वजनिक

वि.सं.२०८० कात्तिक २ बिहीवार १४:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा दशैं बिशेष गीत “जमरा र टिका” सार्वजनिक भएको छ । यस गीतमा रिता केसी र भरत परियारको स्वर रहेको छ भने हेमराज योगीको शब्द, संगीत रहेको छ । भिडियोमा दिनेश सिंह ठकुरीको निर्देशन रहेको छ भने सरोज शाहीको छायांकन, निराजन केसीको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा बिजय केसी, बर्षा भण्डारा, चन्द्र बहादुर केसी, रुपा थापा आदीको अभिनय रहेको छ । यस गीतलाई अश्मी अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।

वि.सं.२०८० कात्तिक २ बिहीवार १४:४३