लोकप्रिय सर्जक गणेश चौलागाईंको आधुनिक गीत “दुश्मन खुशी” सार्वजनिक
वि.सं.२०८० मंसिर १० आइतवार १४:५१
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा बिशेष गरेर लोक तथा दोहोरी गीत संगीतको माध्यमबाट ख्याती कमाएका लोकप्रिय सर्जक गणेश चौलागाईंले भर्खरै मात्र एउटा आधुनिक गीत “दुश्मन खुशी” सार्वजनिक गरेका छन् । स्थायी घर दैलेख भएर हालः रोजगारीको शिलसिलामा प्रवास रहेका उनले हाल सम्म दर्जनौं गीत लेखेर अशंख्य दर्शक स्रोताहरुको मन जितिसकेका छन् ।
गणेशको हालै बजारमा आएको गीतमा राज सिग्देलको सुमधुर स्वर रहेको छ भने शब्द गणेश चौलागाईं र संगीत राजकुमार मगरको रहेको छ । आफ्ना जीवनका सारा खुसि नै दुश्मन बनेपछि पिर र कसैको यादको तस्बिर संग माया बसेको वियोगान्त कथामा तयार भएको यस गीतको म्युजिक भिडियोलाई राज केसी ले निर्देशन गरेका छन् ।
बिन्ध्यबासिनी म्युजिक प्रा.लि.ले सार्बजनिक गरेको गीतको म्युजिक भिडियोमा एल बि बिश्वकर्मा, महिमा न्यौपाने र पुष्पा महर्जनको आकर्षक अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
वि.सं.२०८० मंसिर १० आइतवार १४:५१