चर्चित गायिका कल्पना काफ्लेको तीज गीत “डालीका मैना” सार्वजनिक
वि.सं.२०८२ साउन ७ बुधवार १४:०७
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।
सोही क्रममा चर्चित गायिका कल्पना काफ्लेको तीज गीत “डालीका मैना” सार्वजनिक भएको छ। यस गीतमा कल्पना काफ्लेको स्वर रहेको छ भने कल्पना काफ्ले कै शब्द, संगीत रहेको छ।
गीतको भिडियोमा स्मृती तिमल्सिना (गुरु आमा) को निर्देशन रहेको छ भने अजय रेग्मीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा स्मारिका ढकाल र कलपना काफ्लेको अभिनय रहेको छ। यस गीतलाई कल्पना काफ्लेको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ साउन ७ बुधवार १४:०७















