शिशिर योगीको स्वरमा “राणाले खाए” सार्वजनिक (भिडियो सहित)

माधुर्यताका पर्याय प्रसिद्ध गायक शिशिर योगीको स्वरमा देश र समग्र जनताप्रति समर्पित गीत राणाले खाए को भिडिओ सार्वजनिक भएको छ l भिडिओ East West Nepal नामक यु ट्युब च्यानलबाट आज डिजिटल बजारमा आएको हो l भूपेन्द्र खत्रीको शब्द रचना / सङ्गीत रहेको यस गीतमा किरण कँडेलले सङ्गीत संयोजन गरेका छन् l गीत प्रज्ञा साउण्ड स्टुडियोका प्राविधिक शम्भु तण्डुकारको रेकर्डिङ / मिक्सिङमा तयार भएको हो l

यसैगरी वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस गीतको भिडिओ हरिश महराको सिनेम्याटोग्राफी तथा वीरेन्द्र भाट ‘विपिन’ को कन्सेप्ट एवं सम्पादनमा तयार भएको हो l

गीतमा राणाकाल देखि हाल सम्मको राजनीतिक वृत्त र नेताहरुको नालायकीपनलाई उदाङ्गो पारिएको छ l व्यवस्थाका नाम फेरिए l नेताका अनुहार फेरिए l राजनीतिक पार्टीका नाममा सत्ताधारीहरु फेरिए l तर जनताले के पाए ? गीतमा यही यथार्थलाई नङ्ग्याईएको छ l लामो कालखण्डमा देखिएका लुटतन्त्र, नेताका एकैखाले छेपारे चरित्र र आम जनताका दुर्दशालाई गीतले घाम झैं छर्लङ्ग पारेको छ l

नेतागिरी पेशा भएको छ l सबैभन्दा मुनाफाको व्यापार भएको छ l जहाँ डर, लाज, घीन, नैतिकता र जवाफदेहिता छैन l यही कुरालाई उजागर पार्दै गीतले अब नबिकौं, सच्चा देशभक्त र जनमुखी नेता खोजौं भन्ने सन्देश दिएको छ l गीतले नालायक घुसखोरी, कमिशनखोरी र लुटाहाहरुलाई खबरदारी गर्दै लुटको धन जफत हुनुपर्छ भन्ने कुरा पनि बोलेको छ l

कुनै नेता वा दल विशेषको पक्ष / विपक्षमा नभई समग्र देश र जनताको हितमा लेखिएको यथार्थतामा आधारित यो गीत समय सापेक्ष, उद्देश्यमूलक र सार्थक छ l चेतनाको विगुल बनेर आएको यो गीतलाई देश जनताप्रतिको असिम प्रेमको प्रतिक पनि मान्न सकिन्छ l   

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...