शिशिर योगीको स्वरमा “राणाले खाए” सार्वजनिक (भिडियो सहित)

माधुर्यताका पर्याय प्रसिद्ध गायक शिशिर योगीको स्वरमा देश र समग्र जनताप्रति समर्पित गीत राणाले खाए को भिडिओ सार्वजनिक भएको छ l भिडिओ East West Nepal नामक यु ट्युब च्यानलबाट आज डिजिटल बजारमा आएको हो l भूपेन्द्र खत्रीको शब्द रचना / सङ्गीत रहेको यस गीतमा किरण कँडेलले सङ्गीत संयोजन गरेका छन् l गीत प्रज्ञा साउण्ड स्टुडियोका प्राविधिक शम्भु तण्डुकारको रेकर्डिङ / मिक्सिङमा तयार भएको हो l

यसैगरी वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस गीतको भिडिओ हरिश महराको सिनेम्याटोग्राफी तथा वीरेन्द्र भाट ‘विपिन’ को कन्सेप्ट एवं सम्पादनमा तयार भएको हो l

गीतमा राणाकाल देखि हाल सम्मको राजनीतिक वृत्त र नेताहरुको नालायकीपनलाई उदाङ्गो पारिएको छ l व्यवस्थाका नाम फेरिए l नेताका अनुहार फेरिए l राजनीतिक पार्टीका नाममा सत्ताधारीहरु फेरिए l तर जनताले के पाए ? गीतमा यही यथार्थलाई नङ्ग्याईएको छ l लामो कालखण्डमा देखिएका लुटतन्त्र, नेताका एकैखाले छेपारे चरित्र र आम जनताका दुर्दशालाई गीतले घाम झैं छर्लङ्ग पारेको छ l

नेतागिरी पेशा भएको छ l सबैभन्दा मुनाफाको व्यापार भएको छ l जहाँ डर, लाज, घीन, नैतिकता र जवाफदेहिता छैन l यही कुरालाई उजागर पार्दै गीतले अब नबिकौं, सच्चा देशभक्त र जनमुखी नेता खोजौं भन्ने सन्देश दिएको छ l गीतले नालायक घुसखोरी, कमिशनखोरी र लुटाहाहरुलाई खबरदारी गर्दै लुटको धन जफत हुनुपर्छ भन्ने कुरा पनि बोलेको छ l

कुनै नेता वा दल विशेषको पक्ष / विपक्षमा नभई समग्र देश र जनताको हितमा लेखिएको यथार्थतामा आधारित यो गीत समय सापेक्ष, उद्देश्यमूलक र सार्थक छ l चेतनाको विगुल बनेर आएको यो गीतलाई देश जनताप्रतिको असिम प्रेमको प्रतिक पनि मान्न सकिन्छ l   

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...