अन्टी लभर आशिष अबिरलको कहानी बाहिरियो (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।

सोही क्रममा चर्चित गायिका कला लम्सालको नयाँ गीत सार्वजनिक भएको छ । कलाले “अन्टी लभर” बोलको गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन्। सधैं जसो तीजको समयमा मौलिक गीत सार्वजनिक गर्दै आएकी गायिका लम्सालले यसपटक भने यसपटक भने फरक शैलीको गीत सार्वजनिक गरेकी हुन् । डान्सिङ नम्बरमा आधारित गीत रमाइलो र सन्देशमुलक छ । तीजको छेको सार्वजनिक भएको यो गीत तीजको गीत नभएता पनि छमछमी नाँच्न मिल्ने बनेको छ।

गीतमा उनै कला लम्साल र चर्चित गायक एबं एरेञ्जर गायक आशिष अबिरलको स्वर सुन्न सकिन्छ । रमेश परियारको शब्द तथा संगीत रहेको रहेको गीतको संगीत संयोजन र मिक्सिङ तथा मास्टरिङ आशिष अबिरलले नै गरेका हुन्।

गीतजस्तै भिडियो पनि राम्रो बनेको छ । मौसम हिमालिले निर्देशन र कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका लम्साल र बद्री प्रसाद तिवारीले कम्मर मर्काएका छन्। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन र कलरिङ गरेका हुन्। गीत सदाबहार बजाउन मिल्ने छ। तीजकै गीत नभएता पनि तीजमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...