चर्चित संगीतकार सि.एल. शर्माको शब्द, संगीतमा “झर्ने फुल” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०७८ असोज १० आइतवार १४:४०
सांगीतीक क्षेत्रमा अर्काे पृथक र नौलो कोसेली “झर्ने फुल” सार्वजनिक भएको छ । यस गीतमा अस्मिता अधिकारी र तिलचन आचार्यको स्वर रहेको छ ।
सो गीतमा चर्चित संगीतकार सि.एल. शर्माको शब्द, संगीत रहेको छ । यस गीतलाई बिश्व अधिकारीले एरेञ्ज गरेका हुन् । क्रान्ति केसीको निर्देशन रहेको गीतमा उत्सव दाहालको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा सुदिर श्रेष्ठ र गीता ढुंगानाको जोडदार अभिनय रहेको छ । “झर्ने फुल” गीतलाई हाम्रो क्रियटिभ क्रियशनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
यस गीतले कत्तिको चर्चा पाउने या चर्चा नपाउने भन्ने कुरा हेर्नै बाँकी छ । गीत कस्तो बनेको छ एक पटक हेरेर प्रतिक्रिया दिन यसै गीतका गीतकार तथा संगीतकार सि.एल. शर्माले अनुरोध गरेका छन् ।
सोही गीतको भिडियो हेर्नलाई तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७८ असोज १० आइतवार १४:४०