कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)
वि.सं.२०८३ जेठ ३ आइतवार १३:२६
काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्। सांगीतिक बजारमा हरेक स्वादका गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित निर्दैशक कुमार केसीको नयाँ गीत “शिरैमा” सार्वजनिक भएको छ। यस गीतमा कुमार कसी र चर्चित गायिका देबी घर्तीको स्वर रहेको छ भने शिब अखेलीको शब्द, कुमार केसी कै संगीत रहेको छ।
यस गीतमा रमेश सेञ्चुरीको एरेञ्ज रहेको छ भने श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन्। सो गीतको भिडयोमा उनै बहुप्रतिभाका धनी कुमार कसीको निर्देशन, प्रतिक न्यागेश्वरको कोरियोग्राफी, अजय रेश्मीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा कुमार केसी दिपा रणपालको अभिनय रहेको छ। “शिरैमा” नामक गीतलाई कुमार केसीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ जेठ ३ आइतवार १३:२६















