साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। यस कार्यक्रममा साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका अध्यक्ष एबं बरिष्ठ गायक बम बहादुर कार्कीको अध्यक्षता रहेको थियो भने प्रमुख वक्ता तथा प्रशिक्षक प्राबिधिक बिज्ञ राजेन्द्र अर्यालको बिशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा बरिष्ठ गायक खड्ग गर्बुजा, चर्चित गायक नरहरी प्रेमी, चर्चित संगीतकार शशी शर्मा मजगैया, चर्चित गायिका टिका पुन, चर्चित गायक राम कुमार कार्की, चर्चित गायक गोबिन्द मधुर आचार्य, चर्चित बाध्यबादक ईश्वरी भुसाल (मादले दाई), गायक तथा सञ्चारकर्मी राज कुमार रायमाझी लगायत थुप्रै कलाकारहरु, संगीतप्रेमी महानुभाबहरु र पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो।

“संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” को सञ्चालन साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका महासचिब एबं चर्चित गायक बैकुण्ठ महतले सञ्चालन गरेका थिए भने सोही संस्थाका बरिष्ठ उपाध्यक्ष एबं बरिष्ठ गायक तथा सर्जक बिष्णु खत्रीले स्वागत मन्तब्य राखेका थिए। संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रममा प्रबिधी बिज्ञ राजेन्द्र अर्यालद्धारा नेपाली गीत संगीतको डिजिटल ब्यापार, अडियो, भिडियो, टिकटक, फेसबुक लगायत अन्य डिजिटल प्लेटफर्महरुबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिईएको थियो। पछिल्लो समय डिजिटल बजारले फड्को मार्दा पनि नेपाली गीत संगीत र नेपाली कलाकारहरु अनबिज्ञ भएर अनी नजानेको कुरा सिक्न नचाहेको कारणले नेपालमा डिजिटल बजारले स्थान लिन नसकेको कुरा प्रबिधी बिज्ञ राजेन्द्र अर्यालले बताए। अडियो तथा भिडियो अपलोड गर्दा रिचेक नगरेर अपलोड गर्नाले पनि समस्या आउने गरेको उनले बताए।

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” लाई सम्पन्न गर्न सहयोग गर्नुहुने प्रबिधी बिज्ञ राजेन्द्र अर्याल, उपस्थित कलाकार, संगीतप्रेमी र पत्रकारहरु प्रती आभार प्रकट गर्दै आगामी दिनमा गीत संगीत सम्बन्धी अनुसन्धान गर्दै, कलाकारहरु सँग हातेमालो गर्दै अगाडी बढ्ने र अरुले नगरेको काम गर्ने कुरामा अध्यक्ष एबं बरिष्ठ गायक बम बहादुर कार्कीले प्रतिबद्धता जनाएका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १२:४६

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...