मेलोडी सुल्तान तथा गायक शिशिर योगीको जन्मदिन कै अवसरमा बाहिरियो यस्तो गीत (भिडियो सहित)

नेपाली गीत संगीतमा मेलोडी सुल्तानको रुपमा चिनिएका वरिष्ठ गायक एबं स.गीतकार शिशिर योगीको जन्मदिनको अवसरमा नयाँ गीत “बा” सार्वजनिक भएको छ ।

शिशिर योगीको स्वरमा रहेको उक्त गीतमा कबि अर्जुन पराजुलीको शब्द रचना छ भने संगीत शिशिर योगी कै रहेको छ । यस गीतमा संगीत संयोजन धुन सम्राट एबं लोकप्रिय संगीतकार बि. बि. अनुरागीले गरेका हुन् । गीतमा ध्वनि सम्पादन श्यामश्वेत रसाईलीको रहेको छ ।

उमेरले पाँच दशक पार गर्नुभएका गायक शिशिरको सार्वजनिक “बा” गीतमा जन्मदिने बुबा प्रतिको माया तथा सद्भावलाई देखाउन खोजिएको छ । गीतको भिडियोमा पनि गायक शिशिरलाई नै देख्न सकिन्छ । यस गीतको भिडियोको छायांकन, निर्देशन र सम्पादन बिरेन्द्र भाट “विपिन” ले गरेका हुन् ।

वल्र्ड कभर मिडिया प्रा.लि. को प्रोडक्सनमा तयार भएको गीतको भिडियो गायक शिशिर योगीकै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०१:३७

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको...

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३८

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको...

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३४

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम...

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

वि.सं.२०८१ चैत २६ मंगलवार १६:५८

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला...

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार १२:२६

काठमाडौँ, चैत्र २३ - काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष...

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार ०८:१९

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड...