नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएको आशङ्का

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागी नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको छ । प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयको युएन शाखाले त्यसबारे छानबिन सुरु गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । कुँवरले भने–‘शङ्काको आधारमा छानबिन हुँदै छ ।’

साउन १६ मा प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवान देखी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए । प्रहरी प्रधान कार्यालयको युएन शाखाले परीक्षाको संयोजन गरेको थियो । प्रश्न पत्र बाहिरिएको हल्ला चलेपछि अर्को प्रश्नपत्र तयार गरेर डेढ घण्टा ढिलो जाँच लिइएको प्रहरी प्रवक्ता कुँवरले बताएका छन् ।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले जुन शाखाका कर्मचारीले प्रश्न पत्र बनाएर परीक्षा लिए सोही शाखालाई छानबिनको जिम्मा दिएका छन् । ‘स्वच्छ छानबिन हुनेमा शङ्का लागेको छ’ परीक्षामा सहभागी एक जना प्रहरी अधिकृतले भने–‘युएन शाखाबाट प्रश्नपत्र बाहिरिएको थियो सोही शाखालाई छानबिनको जिम्मा दिँदा कसरी निष्पक्षता हुन्छ ?’

युएन शाखाका प्रमुख एसपी अनुपम शमशेर जबरा हुन् । युएनको अनपोल मिसनमा जानका लागी प्रि–स्याटमा पास भएका कर्मचारीले पुनः स्याटको परीक्षा उत्तीर्ण हुनुपर्छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

वि.सं.२०८२ चैत ४ बुधवार ०६:००

काठमाडौं। युद्ध बहादुर खत्री अध्यक्ष, रामकुमार पौडेल र उत्तम पौडेल...

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत ३ मंगलवार १२:२३

ललितपुर। आत्महत्या सम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने...

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:३४

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा...

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...