उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” यही माघ १७ गते शनिबारका दिन सम्पन्न हुने

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना हुने भएको छ। लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र कलाकार बीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको कुरा समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेले बताएका छन् ।

“बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम” यही माघ १७ गते शनिबारका दिन बिहान ठिक ११ बजेदेखि काठमाडौंको टोखा स्थित भूतखेल मैदानमा सम्पन्न हुने छ। कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका प्रतिष्ठित कलाकारहरू, स्रष्टा, संगीतप्रेमी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” मा प्रमुख अतिथीको रुपमा प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगर रहने कुरा आयोजक पक्षले जानकारी गराएको छ।

उक्त कार्यक्रममा उपत्यका समन्वय समिति आयोजकको रुपमा हुने छ भने उपत्यका समन्वय समिति अन्तर्गतका १० वटै समिति सह-आयोजकको रुपमा रहेका छन्। सो अवसरमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती र बिभिन्न मनोरञ्जनात्मक गतिविधिहरु समावेश रहने जानकारी गराउदै लोक संस्कृती प्रेमी सम्पूर्ण महानुभावलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन प्रचार प्रसार संयोजक प्रितम पोखरेलले अनुरोध गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको नयाँ गीत “निर्मोही” को भिडियो सार्वजनिक

गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको नयाँ गीत “निर्मोही” को भिडियो सार्वजनिक

वि.सं.२०८३ वैशाख ५ शनिवार १२:३१

काठमाडौं — नयाँ वर्षको अवसर पारेर गीतकार विष्णु मुरीको शब्दमा तयार...

“नाचौला नी खुबै” मा एलिना रायमाझी र जि.आर. बानियाको रोमान्स (भिडियो सहित)

“नाचौला नी खुबै” मा एलिना रायमाझी र जि.आर. बानियाको रोमान्स (भिडियो सहित)

वि.सं.२०८३ वैशाख २ बुधवार १३:०३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

“मेरो मनको राजा” मा पुस्कर धनुके (सनराईज) र स्मारिका ढकालको रोमान्स (भिडियो सहित)

“मेरो मनको राजा” मा पुस्कर धनुके (सनराईज) र स्मारिका ढकालको रोमान्स (भिडियो सहित)

वि.सं.२०८३ वैशाख १ मंगलवार १३:२५

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा अर्काे...

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

वि.सं.२०८२ चैत ३० सोमवार १०:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत ३० सोमवार १०:३८

काठमाडौं। सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ...