लोक दोहोरी गायीका अमृता श्रीपाल र जापान ओसाका स्थित धौलागिरी दोहोरी साँझका संचालक धन थापा विचको बिबाद यसरी मिल्यो

काठमाडौं, नेपाल । लोक दोहोरी गायीका अमृता श्रीपाल र जापान ओसाका स्थित धौलागिरी दोहोरी साँझका संचालक धन थापा विच भएको विवाद साम्य भएको छ । विहिवार दुवैपक्ष विच भएको छलफलमा संचालक थापाले आफुबाट भएको गल्ती कमजोरीहरु प्रति आत्मालोचना सहित गायीका श्रीपाल समक्ष माफि मागेपछि विवाद मिलेको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका सदस्य कुलविर थापा, मोना एसिया प्यासेफिक संयोजक दिपक कार्की, एनआरएन खान्साई संयोजक दिलिप शर्मा लगायत अन्य सरोकारवाला व्यक्तिहरुको रोहवरमा भएको छलफलमा अव अगाडी दिनहरुमा दुवै पक्षबाट यो बिषय कहीकतै उठाउन नपाईने समेत सहमति गरिएको छ ।

छलफलमा गायीका श्रीपालले पाउनुपर्ने पारिश्रमिक बापतको रुकम १ लाख अग्रीम भूक्तानी भईसकेको र वाँकी ९ लाख रुपैयाँ आगामी अक्टोवर १६ तारिख सम्ममा संचालक थापाले मोना जापानको खाता नम्वरमा जम्मा गर्नुपर्ने सहमति भएको मोना एसिया प्यासेफिक संयोजक कार्कीले बताउनुभयो । साथै गायीका श्रीपाललाई नेपाल फिर्ता हुने टिकटको व्यवस्था समेत दोहोरी साँझको तर्फबाट गर्नुपर्ने सहमति भएको छ ।

त्यसैगरि श्रीपाल जापान बस्ने अवधि सम्मका लागि मोना एसिया प्यासिफिक समिति तथा मोना जापानको जिम्मेवारीमा रहने निर्णय भएको छ । सहमति पत्रमा गायीका श्रीपाल र दोहोरीका संचालक थापाले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि धौलागिरी दोहोरी साँझको स्पोन्सरमा सांगीतिक कार्यक्रमका लागि जापानमा रहनुभएका गायीकाले आफुलाई दोहोरी संचालकले अभद्र व्यवहार गरेको मानसिक तथा भौतिक रुपमा यातना दिएको भन्दै न्यायका लागि प्रतिष्ठान जापान शाखा र मोना जापानामा उजुरी समेत दिनुभएको थियो ।

थापाले पनि दोहोरी साँझको कार्यक्रमका लागि आएकाले अनावश्यक रुपमा वाहिरको कार्यक्रममा नजानका लागि अनुरोध मात्र गरिएको त्यसवाहेक अन्य कुनै दुव्र्यवहार नगरेको भन्दै प्रतिष्ठान केन्द्रीय कार्य समितिलाई निवेदन गर्नुभएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...