लोक दोहोरी गायीका अमृता श्रीपाल र जापान ओसाका स्थित धौलागिरी दोहोरी साँझका संचालक धन थापा विचको बिबाद यसरी मिल्यो

काठमाडौं, नेपाल । लोक दोहोरी गायीका अमृता श्रीपाल र जापान ओसाका स्थित धौलागिरी दोहोरी साँझका संचालक धन थापा विच भएको विवाद साम्य भएको छ । विहिवार दुवैपक्ष विच भएको छलफलमा संचालक थापाले आफुबाट भएको गल्ती कमजोरीहरु प्रति आत्मालोचना सहित गायीका श्रीपाल समक्ष माफि मागेपछि विवाद मिलेको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका सदस्य कुलविर थापा, मोना एसिया प्यासेफिक संयोजक दिपक कार्की, एनआरएन खान्साई संयोजक दिलिप शर्मा लगायत अन्य सरोकारवाला व्यक्तिहरुको रोहवरमा भएको छलफलमा अव अगाडी दिनहरुमा दुवै पक्षबाट यो बिषय कहीकतै उठाउन नपाईने समेत सहमति गरिएको छ ।

छलफलमा गायीका श्रीपालले पाउनुपर्ने पारिश्रमिक बापतको रुकम १ लाख अग्रीम भूक्तानी भईसकेको र वाँकी ९ लाख रुपैयाँ आगामी अक्टोवर १६ तारिख सम्ममा संचालक थापाले मोना जापानको खाता नम्वरमा जम्मा गर्नुपर्ने सहमति भएको मोना एसिया प्यासेफिक संयोजक कार्कीले बताउनुभयो । साथै गायीका श्रीपाललाई नेपाल फिर्ता हुने टिकटको व्यवस्था समेत दोहोरी साँझको तर्फबाट गर्नुपर्ने सहमति भएको छ ।

त्यसैगरि श्रीपाल जापान बस्ने अवधि सम्मका लागि मोना एसिया प्यासिफिक समिति तथा मोना जापानको जिम्मेवारीमा रहने निर्णय भएको छ । सहमति पत्रमा गायीका श्रीपाल र दोहोरीका संचालक थापाले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि धौलागिरी दोहोरी साँझको स्पोन्सरमा सांगीतिक कार्यक्रमका लागि जापानमा रहनुभएका गायीकाले आफुलाई दोहोरी संचालकले अभद्र व्यवहार गरेको मानसिक तथा भौतिक रुपमा यातना दिएको भन्दै न्यायका लागि प्रतिष्ठान जापान शाखा र मोना जापानामा उजुरी समेत दिनुभएको थियो ।

थापाले पनि दोहोरी साँझको कार्यक्रमका लागि आएकाले अनावश्यक रुपमा वाहिरको कार्यक्रममा नजानका लागि अनुरोध मात्र गरिएको त्यसवाहेक अन्य कुनै दुव्र्यवहार नगरेको भन्दै प्रतिष्ठान केन्द्रीय कार्य समितिलाई निवेदन गर्नुभएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...