सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी राखेको छ । यस क्रममा आज काठमाडौं महानगरपालिका– ११ थापाथली स्थित वाग्मती नदी किनारमा रहेको बस्ती खाली गरिएको छ । कामपा वडा नं ९ स्थित गैरीगाउँ–सिनामंगल र वडा नं ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ ।

काठमाडौं कै कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा अवैध रुपमा निर्माण गरिएका बस्ती खाली गर्ने तयारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांक अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ सुकुमवासी घरधुरी रहेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौं महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले अवैधरुपमा निर्माण गरिएको संरचना हटाएर ती क्षेत्र खाली गरेको हो । सुरक्षाकर्मीको टोलीले नै ती ठाउँमा बसोबास गर्दै आएका नागरिकका सरसामन हटाउन र अन्यत्र लैजान सहयोग गरेका थिए ।

थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउनेक्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न स्थानमा बसोबासको प्रबन्ध मिलाइएको छ । हाललाई घरायसी सामान सुन्दरीघाटस्थित राधास्वामी सत्सङ व्यासमा सुरक्षितरुपमा राखिएको छ ।

अस्थायी स्थानमा राखिएका परिवार वास्तविक सुकुमवासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु हुने छ । प्रमाणीकरणका क्रममा सुकुमवासी प्रमाणित भएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित अपार्टमेन्टमा राखिने छ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु हुने छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...