“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को दोस्रो दिन ११ वटा समूह बिच कडा प्रतिस्पर्धा, प्रतिष्ठानको दृस्टिबिहिन शाखा पनि खुल्यो

काठमाडौं /  नेपाल

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को पहिलो दिन (चैत्र १६ गते) औपचारिक कार्यक्रम सहित समुद्घाटन भएको थियो भने कार्यक्रमको दोस्रो दिन (चैत्र १७ गते) का दिन देखि मात्र प्रतियोगिताको सुरु भएको हो ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” मा जम्मा ६१ समुहले भाग लिएका छन् । प्रतियोगितामा निर्णायक संयोजक चन्द्र शर्मा, सह संयोजक बद्री पंगेनी रहेका छन् भने अन्य अग्रज कलाकारहरु निर्णायकको भुमिकामा रहेका छन् ।

प्रतियोगिताको दोस्रो दिन केन्द्रिय अध्यक्ष रमेश बिजिको अध्यक्षता रहेको थियो भने संस्कृति मन्त्रालयका सह – सचिब डा. टुकराज काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । दोस्रो दिनको कार्यक्रमको सञ्चालन पुर्ब केन्द्रिय अध्यक्ष प्रजापती पराजुलीले गरेका थिए । “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को दोस्रो दिन युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्क मार्फत देशभरका एफएम स्टेशनहरु र विभिन्न अनलाईन बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन बिच बिचमा आजिवन सदस्यता लिने र सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान पनि गरिएको थियो । दोस्रो दिन दोहोरी गीत प्रतियोगिता संगै चर्चित कलाकारहरुको प्रस्तुति समेत राखिएको थियो । प्रतियोगिता कै दोस्रो दिन दृस्टिबिहिन कलाकारहरुको हकहितको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दृस्टिबिहिन शाखाको स्वीकृती दिदै प्रमाणपत्र पनि बितरण गरिएको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९ का कारण २ वर्ष अवरुद्ध भएर हाल: अवस्था सामान्य भएपश्चात यस प्रतियोगितालाई पुनः निरन्तरता दिन लागिएको हो ।

सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु. १० हजार नगद, मेडल र प्रमाणपत्र तोकिएको छ ।

उक्त प्रतियोगिताको दोस्रो दिन ६१ वटा समुह मध्य ११ वटा समुह बिच प्रतिस्पर्धा गराईएको थियो । अन्य बाँकी प्रतियोगी समुहलाई तेस्रो दिन (१८ गते) प्रतिस्पर्धा गराउने कुरा निर्णायक मण्डलले जानकारी गराएको छ ।

यस प्रतियोगितामा मौलिकतालाई बिशेष जोड दिइने र दोहोरीलाई फोहोरी बनाए भन्ने कुरालाई मध्यनजर गर्दै आगामी दिनमा यस्ता बिकृती आउन नदिन बिशेष भुमिका खेल्ने कुरामा केन्द्रिय अध्यक्ष रमेश बिजिले प्रतिबद्धता ब्यक्त गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...