नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार,नक्साल डोजोको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित “१२ओै माउण्ट एभरेष्ट अन्तराष्ट्रिय कराते प्रतियोगिता-२०२६” सम्पन्न

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको स्वीकृती एवम नेपाल कराते महासंघको तत्वाधानमा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार,नक्साल डोजोको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित  १२ओै माउण्ट एभरेष्ट अन्तराष्ट्रिय कराते प्रतियोगिता-२०२६ (मे २९ देखि ३१, जेठ १५-१७ ) सम्म सन्चालन भई एक बिशेष समारोहका बीच सम्पन्न भएको छ । प्रतियोगिताको प्रतिनिधि सभा सदस्य माननीय पुकार वमले एक बिशेष कार्यक्रमबिच उदघाटन गर्नु भएको थियो। उदघाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रमुख अतिथि बमले,बिश्वलाई एकिकृत बनाउन सक्ने बिशेष माध्यम भनेकै खेलकुद क्षेत्र रहेको बताउनुभयो । सम्वोधनकै क्रममा बमले खेलक्षेत्र,स्वास्थ्य र राष्ट्र दुबैका निम्ति अपरिहार्य भएका कारण प्रत्येक नागरिकले खेलकुद प्रति रुचि राखे,राष्ट्र समृद्धी हुन समेत टेवा पुग्ने बताउनुभयो ।

 

प्रमुख अतिथि बमले यस प्रतियोगिताले समग्र दक्षिण एशियाली  मुलुकको सम्वन्ध समेत प्रगाढ वनाउन अहम भुमिका निर्वाह गर्न मद्धत पुग्ने हुदा,नक्साल डोजोले निरन्तर रुपमा प्रतियोगिता आयोजना गरि खेलकुदको माध्यमवाट पर्यटन प्रवर्द्धनमा समेत मुलुकलाई टेवा पुर्याउदै आईरहेको हुदा सम्वन्धित सवै सरोकारवालाहरुले ध्यानदिनुपर्ने र भविष्यमा हुने प्रतियोगितामा आफ्नो तर्फवाट गर्नुपर्ने सहयोगमा कुनै कसर वाकी नराख्ने बताउनुभयो ।

 

प्रतियोगितामा नेपाल सहित भारत,कतार र वंगलादेशका खेलाडी अफिशियल सहित करिव १ हजार ५ सयजना सहभागी भएको थियो । उक्त प्रतियोगितामा नेपालको देउराली डोजो टिम प्रथम,भारत टीम दोस्रो,वंगलादेश टिम तेस्रो र कतार टिम चौथो भएको थियो । पुरुषतर्फ नेपालका सुमन सुवेदी र महिलातर्फ रुवीभ्याली की प्रकृती तामाङग उत्कृष्ट खेलाडी घोषित भए ।

 

“सवैका निम्ति समान कराते”भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिता विशेष गरि दक्ष,कुशल, क्षमतावान, योग्य भएरपनि आर्थिक अभावका कारण अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव संगाल्न नपाएका खेलाडीहरुका निम्ति,विगत १२ वर्ष देखि स्वदेशी भुमीमा सहजरुपमा सहभागी हुने अवशर सवैका निम्ति  प्रदान गर्ने उदेश्यका साथ,यो प्रतियोगित आयोजना गर्दै आईरहेको कार्यक्रम संयोजक तथा नक्साल डोजोका प्रमुख गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले बताउनुभयो ।

नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालले २७ बर्षदेखि लगातार २८ वटा प्रतियोगिता आयोजना गरिसकेको छ ।  विगत २७ वर्षदेखि नेपालको नं-१ मानिने कराते खेललाई बिकाश,बिस्तार र समृद्धी को बाटोमा संलग्न नक्साल डोजोले दैनिक सयौं खेलाडीहरसलाई प्रशिक्षण दिँदै दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका साथै हजारौं खेलाडी उत्पादन गर्दै देशका लागि योगदान पुरयाइरहेको छ ।नक्साल नेपालको सवैभन्दा बढी प्रतियोगिता गर्ने डोजोको रुपमा समेत प्रख्यात छ ।

 

नेपाली करातेको करिव सांढे ५ दशकको ईतिहाशमा नेपालमा पहिलो पटक कतार लाई ११ ओै संस्करण देखि समावेश गरि यो पटक सहित तेश्रो पटक सहभागी गरि एउटा ईतिहाश निर्माण गरेको समेत संयोजक खपाङगीले वताउनुभयो । प्रतियोगिता त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा ३ दिन सम्म निरन्तर सन्चालन भएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“जडिया पोई” गीत कसरी बन्यो त बिबादित (भिडियो सहित)

“जडिया पोई” गीत कसरी बन्यो त बिबादित (भिडियो सहित)

वि.सं.२०८३ भदौ २९ सोमवार ०८:०१

काठमाडौं। एक महिना अघी सार्वजनिक भएको गीत "जडिया पोई" बिबादित...

चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै

चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै

वि.सं.२०८३ भदौ २९ सोमवार ०६:५३

काठमाडौं। चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत "जिन्दगी मालमालै...

पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “पुतली बगैचा” सार्वजनिक

पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “पुतली बगैचा” सार्वजनिक

वि.सं.२०८३ भदौ २८ आइतवार ११:२५

काठमाडौं। पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत "पुतली...

“चौंथो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड – २०८३ तथा नारी स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न ।

“चौंथो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड – २०८३ तथा नारी स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न ।

वि.सं.२०८३ भदौ २८ आइतवार ११:०८

काठमाडौं। स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशन नेपाल, अनामनगर, काठमाण्डौद्धारा आयोजित...

“म्युजिक खबर तीज म्युजिक अवार्ड” को पाँचौं संस्करण भव्य रुपमा सम्पन्न

“म्युजिक खबर तीज म्युजिक अवार्ड” को पाँचौं संस्करण भव्य रुपमा सम्पन्न

वि.सं.२०८३ भदौ २८ आइतवार ०८:४५

काठमाडौं । तीजमा संगीत संस्कृतिको प्रवद्र्धनको लागि आयोजना हुँदै आएको...

राम कुमार कार्कीको नयाँ गीत “भेट भो मेलैमा” सार्वजनिक, छोटो समयमा धेरै दर्शकहरुको मन जित्दै

राम कुमार कार्कीको नयाँ गीत “भेट भो मेलैमा” सार्वजनिक, छोटो समयमा धेरै दर्शकहरुको मन जित्दै

वि.सं.२०८३ भदौ २३ मंगलवार १२:१२

काठमाडौं। चर्चित गायक एबं संगीतकार राम कुमार कार्कीको नयाँ गीत “भेट...