पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँको दरले घट्यो

नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकाशिएको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो । त्यसलाई हटाउन माग हुँदै आए पनि सरकारले बेवास्ता गर्दै आएको थियो । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।

हेर्नुस् नयाँ मूल्यपछिको निगमको हिसाव-किताव

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०८:०४

काठमाडौं । र्याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका...

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०७:४२

काठमाडौं । दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार...

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३८

काठमाडौं । कला र गलाको सम्मानको लागी सारेगम स्टुडियोको आयोजनामा...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३४

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०८:३४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:५४

काठमाडौं । नेपाली कला र संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्ने...