अर्जुन सापकोटाको आवाजमा रहेको नयाँ तिज गित “भाऊ बढ्यो” सार्वजनिक

काठमाडौं / नेपाल

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायक अर्जुन सापकोटाको आवाजमा रहेको नयाँ तिज गित “भाऊ बढ्यो” डिजिटल बजारमा सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायक अर्जुन सापकोटा र म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गाएको गितमा गितकार सुमन ढकालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक सापकोटाकै लय रचना रहेको छ । गितमा विश्वास नेपालको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयबस्तु चित्रण गरिएको छ ।

मह्गी बढे संगै जनजिवनमा आएको कष्टकर अवस्थाको कथावस्तु गितमा दर्शाईएको छ । गितमा डिजेल, पेट्रोलको भाऊ बढेको, खानेतेलको भाऊ बढेको, स्कुल कलेजको भाऊ बढेको, लुगाकपडाको भाऊ बढेको भन्दै गितकार ढकालले समसामायिक प्रंसग उतारेका छन् । सरकारले हरेक क्षेत्रमा मह्गी बढाएर गरिब जनताले विहान वेलुकी छाक टार्न पनि धौ धौ भएको विषय गितमा प्रस्तुत गराईएको छ भने आफ्नो स्तर भन्दा माथि गएर अनावश्यक खर्च नगर्न पनि जनचेतनामुलक सन्देश प्रवाह गरिएको छ ।

गित सृजना गर्न माहिर सापकोटा बुढा बृद्ध,युवा देखि बालबालिकासम्म निकै नै प्रभावित हुने गरेका छन् । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको हुन्छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को उत्कृष्ट कथावस्तु एवम् निर्देशन मा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा अर्जुन सापकोटा, स्मृति तिमिल्सिना र सुमन ढकालको अभिनय रहेको छ । जहाँ सुमन र स्मृति दिदिभेना र अर्जुन भाईको भुमिकामा देखिएका छन् । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गरेका छन् ।

गित Arjun Sapkota अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...