“राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” को तयारी अन्तिम चरणमा, के के छन् त प्रतियोगितामा ?

प्रकाश बराईली “अभिव्यक्ति”
काठमाडौं / नेपाल

“संस्कृति रहे सिर्जना रहन्छ, सिर्जना रहे श्रस्टा रहन्छ” बन्ने मुल नारा सहित सहयात्रा नेपालको प्रस्तुती र आवाज ईन्टरनेशनलको सहकार्यमा “राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” को तयारी अन्तिम चरणमा पुगेको छ । यस कार्यक्रम भाद्र ९ गते बिहिबारका दिन राष्ट्रिय नाचघर जमल, काठमाडौंमा भब्य रुपले सम्पन्न हुने भएको छ ।

प्रतियोगितामा हाल सम्म १२ समुहको टिम दर्ता भएको छ । सहभागी टिमहरुमा शिर्जनशिल महिला समूह – थानकोट, महिला नौमती श्रमिक सहकारी, सिन्धुली छला घर – सिन्धुली, लोक साँस्कृतिक महिला नौमती बाजा समूह – तार्केश्वर, महिला बाजा समूह धादिङ, लिग लिग महिला नौमती बाजा समूह – गोर्खा, शुभारम्भ उधमशिल महिला समूह – गोर्खा, नुवाकोट महिला समूह – नुवाकोट, मिलिजुली महिला समुह – चितवन, मनोरञ्जन नौमती महिला बाजा समूह, महिला मगर बाजा समूह – नवलपरासी, सिर्जना आमा समूह – ईलाम आदि समुहले प्रतियोगितामा भाग लिने भएका छन् र सहभागीहरु अझै थपिने क्रम जारी छ ।

प्रतियोगितामा भाग लिनका लागि टिम दर्ता शुल्क रू.१०००/- लाग्ने छ । उक्त प्रतियोगितामा पुरस्कारहरू प्रथम पुरस्कार रु. ५५,५५५/- , द्वितीय पुरस्कार रू. ३३,३३३/- , तृतीय पुरस्कार रू. २२,२२२/- , सान्त्वना पुरस्कार रु.१५,०००/- , उत्कृष्ट समुह रू.११,१११/- , अनुशासित समुह रू.१०,०००/- , उत्कृष्ट भेषभुषा रू.१०,०००/- तोकिएको छ ।

यस कार्यक्रममा राष्ट्रिय नारी सम्मान – २०७९, खेलकुद, सञ्चार, समाजसेवा, राजनीति, स्वास्थ्य, शिक्षा, कलाकारितामा योग्दान पुर्‍याएका महिलाहरुलाई सम्मान गरिने कुरा कार्यक्रम निर्देशक चन्द्र शर्माले जानकारी गराएका छन् । साथै उत्कृष्ट महिला समुहलाई भाद्र १० गते ईन्द्रेणी स्टुडियोमा छायांकन गराउने कुरा पनि शर्माले जानकारी गराए ।

सो प्रतियोगितालाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन र प्रायोजन गरेर सहयोग गरिदिन र प्रतियोगितामा भाग लिन चाहनुहुने समुहले छिटो नाम दर्ता गरि आफ्नो सिट सुरक्षित गर्न कार्यक्रम निर्देशक चन्द्र शर्माले अनुरोध गरेका छन् । थप जानकारीका लागि ९८४१५७६३०३, ९८५१०५८५१३, ९८५१०१३१८३ मा सम्पर्क गर्न सकिने छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...