“पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” मा ललितपुर समिती प्रथम हुन सफल, अरु को को भए बिजेता ? थाहा पाउनुहोस्

काठमाडौं / नेपाल

“अग्रज कलाकारलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९ यहि भाद्र ५ गतेका दिन काठमाडौं स्थित राष्ट्रिय नाच घर जमलमा भब्य रुपले सम्पन्न भएको छ ।

यस कार्यक्रममा सोही समितिका अध्यक्ष अञ्चल शाही सभापति रहेका थिए भने केन्द्रिय अध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चित कलाकार र विभिन्न समितिका कलाकारहरुको उपस्थिति रहेको थियो ।  चर्चित कलाकारहरु प्रकाश दुतराज र दिनेश क्षेत्रीले सहजीकरण गर्दै कार्यक्रमको सञ्चालन गरेका थिए भने मिडिया संयोजकको रुपमा प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए ।

“पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९ मा ललितपुर समिती प्रथम हुन सफल भएको छ भने सुन्धारा समिती द्वितीय, लाजिम्पाट समिति तृतीय र ठमेल समिती सान्त्वना हुन सफल भएका थिए । यसै समितिको प्रत्यक बर्षको तीज प्रतियोगितामा लगातार ३ पटक प्रथम हुन सफल भएको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार ३३,३३३/- , द्वितीय पुरस्कार २२,२२२/- , तृतीय पुरस्कार ११,१११ /- , सान्त्वना पुरस्कार ५,५५५/- निर्धारण गरिएको थियो । “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” मा केन्द्रिय वरिष्ठ उपाध्यक्ष रिता थापा मगर निर्णायक संयोजकको रुपमा थिईन् भने निर्णायकको रुपमा संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, वरिष्ठ गायिका शर्मिला गुरुङ, पुर्व अध्यक्षहरु दुर्गा रायमाझी र चन्द्र शर्मा, केन्द्रिय अध्यक्ष रमेश बिजि, महिला उपाध्यक्ष राधिका हमाल, चर्चित नृत्य निर्देशक स्मृति तिमिल्सिना रहेका थिए ।

उक्त कार्यक्रममा अग्रज कलाकार, श्रस्टा, विभिन्न तह र तप्काबाट सहयोग गर्ने ब्यक्ती, सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई भब्य रुपमा सम्पन्न पार्न सहयोग गर्नुहुने संघ, संस्था, ब्यक्तीहरु प्रती आभार प्रकट गर्दै आगामी दिनमा पनि नयाँ बसपार्क समितीलाई यसैगरी सहयोग गरिदिन आग्रह गर्दै अध्यक्ष अञ्चल शाहीले कार्यक्रम समापन गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:३४

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा...

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...