भकुण्डे सामुदायिक क्लवको आयोजनामा “बृहत साँस्कृतिक तथा खेलकुद कार्यक्रम – २०७९” सम्पन्न

ज्यामरुककोट / म्याग्दी

महिलाहरुको महान चाड हरितालिका तीज २०७९ को पावन अवसरमा भकुण्डे सामुदायिक क्लवको आयोजनामा “बृहत साँस्कृतिक तथा खेलकुद कार्यक्रम – २०७९” सम्पन्न भएको छ । यस कार्यक्रम बेनी नगरपालिका वडा नं. २, ज्यामरुककोट, भकुण्डेमा सम्पन्न भएको हो ।

साँस्कृतिक कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु टिका सानु, राम गगन बिश्वकर्मा, निरा छन्त्याल लगायत स्थानिय कलाकारहरुको बिशेष प्रस्तुती रहेको थियो । टिका सानु, राम गगन र निरा छन्त्यालको प्रस्तुतीले सबै दर्शकहरुलाई आकर्षित बनाएको थियो । मौसम खराबी भएर पानी परिरहेतापनी छाता ओढेर भएपनी दर्शकहरुले मनोरञ्जन लिईएका थिए । टिका सानु र राम गगन बिश्वकर्माको दोहोरीले झन सबैलाई मन्त्रमुक्त बनाएको थियो ।

यस कार्यक्रममा यसै क्लवका अध्यक्ष ईन्द्र बहादुर घिमिरे (ईश्वर) को अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समितीका समन्वय प्रमुख राज कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममको सञ्चालन भिम बहादुर पौडेल र राम किसानले गरेका थिए ।

खुल्ला तीज गीत नृत्य प्रतियोगितामा बेनपा २ भकुण्डे की सिम्रन बिक प्रथम भएकी थिईन् भने बेनपा १ अर्जम की ज्योती थापा मगर द्धितिय भएका थिए । पुरुष छेलो प्रतियोगिता तर्फ रुद्र बहादुर सापकोटा (नानु) प्रथम भएका थिए । पुरुष छेलो तर्फ ४००० रुपैया, खादा र प्रमाण पत्र तोकिएको थियो भने खुल्ला नारी तीज गीत नृत्य प्रतियोगिता तर्फ प्रथम पुरुष पुरस्कार ३००० रुपैया र प्रमाण पत्र, द्धितिय पुरस्कार १५०० रुपैया र प्रमाण पत्र रहेको छ ।

ज्यामरुककोट साविक वडा स्तरिय भलिबल प्रतियोगिता तर्फ लेकसाईड युवा क्लब, सानालेख प्रथम र प्रतिभा युवा क्लब, फापरखेत द्वितीय हुन सफल भएका थिए भने खुल्ला नगर तथा गाउँपालिका स्तरिय भलिबल प्रतियोगितामा भकुण्डे सामुदायिक क्लब (आयोजक) प्रथम, बेनपा ३ भकिम्ली द्वितीय हुन सफल भएका थिए ।

खेलकुद प्रतियोगितामा ज्यामरुककोट साविक वडा स्तरिय तर्फ प्रथम पुरस्कार ६,६६६ रुपैया, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार ३,३३३ रुपैया, मेडल र प्रमाण पत्र रहेको थियो । त्यस्तै खुल्ला गाँउ तथा नगरपालिका वडा स्तरिय पुरुष भलिवल तर्फ प्रथम पुरस्कार ४०,४४० रुपैया, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार २२, २२० रुपैया, मेडल र प्रमाण पत्र तोकिएको थियो । प्रथम पुरस्कार प्रायोजन सेवा नेपालका निर्देशक राम प्रसाद शर्माले गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...