वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर इमाडोल स्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

सो अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि अस्पतालको तर्फबाट गरिने प्रशासनिक तथा कानूनी प्रक्रिया पूरा भएपछि करिब १२ बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिने अस्पतालले जनाएको छ ।

उपचारका क्रममा केही दिन अघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान १ सय ३ वर्षको उमेरमा निधन भएको हो ।

अस्पतालबाट आवश्यक प्रक्रिय पूरा गरी दिउँसो १२ बजेपछि पुल्चोक स्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ । सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जली दिनुहुनेछ ।

शताब्दी पुरुष जोशीले यस अघि नै अध्ययन अनुसन्धानका लागि आफ्नो पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान दिने घोषणा गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...