दुर्गा बिरहीको सृजनामा “मायाको अमृत पिउन देउ” गीत सार्बजनिक भिडियो सहित)

काठमाडौं, नेपाल । नेपाली गीत क्षेत्रमा कलाकार दुर्गा बिरही कुनै नौलो नाम होइन तर सघर्ष गरिरहेका कलाकार हुन् भने उही दुर्गा बिरही र उहाँ कै श्रीमती दुर्पती सुनारको सृजनामा “मायाको अमृत पिउन देउ” गीत सार्बजनिक गरेका छन् ।

कलाकार अमर लाम्बा ओलि र सन्चिताको अभिनयमा “मायाको अमृत पिउन देउ” निर्माण भएको छ भने कलाकार अमर लाम्बा ओलि मित्र राष्ट्र भारत पन्जाबमा बसोबास गर्छन तर नेपाली कलाकारहरुलाई धेरै भन्दा धेरै माया साथ सपोर्ट गर्नुको साथै नेपाल बाहिर रहेर पनि नेपाली गीत संगी कला साहित्यलाइ निकै मिठो साथ सम्मान गर्नु हुन्छ । सानै उमेर देखि नेपाली कला साहित्यमा रुचि राख्ने कलाकार अमर लाम्बा ओलि अभिनित “मायाको अमृत पिउन देउ” हेर्दा उहा बिल्कुल नया कलाकार जस्तो लाग्दैन भने निकै राम्रो काम गर्नु भएको आभास हुन्छ ।

मौलिक लोक दोहोरी गीतहरु ले youtube देखि फेसबुक र फेस ग्रुपका भित्ताहरु रंगिएका हुन्छन्। यसै क्रममा चर्चित गायक सर्जक निर्देशक दुर्गा बिरही र उहाँ कै श्रीमती दुर्पती सुनारको सृजनामा मायाको अमृत पिउन देउ गीतको भिडियो बजारमा आएको छ ।

सुन्दा निकै आनन्द आउने उत्कृष्ट लय तथा शब्दहरुले बनेको उक्त गीतमा दुर्गा सेन्चुरी र सपना गाहा मगर सुमधुर आवाज रहेको छ ।हुन पछिल्लो समय गीतहरू भन्दा पनि भ्युज प्रती मान्छेको नजर जाने गर्छ तर यो गीतका सर्जक भन्छ्न मलाई भ्युज भन्दा पनि नेपाली गीत सङ्गीतमा भएको बिकृती अन्त्य गरि यस्तै घर परिवार बिच सुन्न उत्तिकै आनन्द लाग्ने खालका गीत बजारमा ल्याउने छु ।

यसै गरी गीतमा अमर लाम्बा ओलि र पछिल्लो समयको टिकटक सुपर स्टार चर्चित मोडेल सन्चिता बोलाखेको अभिनय रहेको छ भने यो गीतको भिडियो लाई कुनै बेलाका एक छत्र म्युजिक भिडियोमा राज गर्न सफल कलाकार हिरो मोडल शिबन पोख्रेलले निर्देशन गर्नु भएको छ।

उक्त भिडियो केशब अधिकारीले छाँयाकन गर्नु भएको छ भने ओम प्रसाईंले सम्पादन गर्नु भएको हो। यो गीत भिडियो आत्मा बिश्वास फिल्मस् प्रा.लि. ले बजारमा ल्याएको छ। सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...