भारतमा दलित अधिकारकर्मीलाई सम्मान

काठमाडौं, नेपाल । गत मंसिर २७, २८ गते भारत को नयाँ दिल्ली मा दलित उत्थान का महत्वपुर्ण निर्णय गर्दै ,बाबू जगजिबन राम कला सँस्कृती साहित्य एकाडेमीद्वारा आयोजित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न भएको छ ।

भारतको लोकसभाका अध्यक्ष मिरा कुमारको अध्यक्षतामा र भारत सरकारको केन्द्रिय राज्य मन्त्री रामदास अठावलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालका पुर्ब स्वास्थ्य मन्त्री खड्ग बहदुर बस्याँल, नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओम प्रकाश बिश्वकर्मा, महासचिब चन्द्रकुमार गदाल, दिल्ली प्रदेस समाज कल्याणका मन्त्री राज कुमार आनन्द ,कांग्रेसका प्रबक्ता अन्शुल अभिजित लगायतको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय दलित सम्मेलनमा जाती प्रथा, छुवाछुत, जातिय बिभेद, रङग भेद, धर्म भेद जस्ता समाजिक कु प्रथालाई पुर्ण रुपमा निर्मुल नपारिए सम्म सामाजिक न्याय प्राप्ती नहुने र लोकतन्त्र पनि सफल नहुने बताएका छन ।

२१औँ आधुनिक बैज्ञानिक युगमा यस्ता कुप्रथा हुनु अस्वभाबिक र निन्दनिय भएकाले बिश्वका सबै मानवताबादी समुहले यस्ता कुप्रथा हटाउन अभियान चलाउनु पर्ने, शिक्षा स्वास्थ्य र राजनितिक आर्थिक उत्थानमा लक्षीत समुदायको स्तर उन्नतीमा जोड दिन सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन ।

उक्त कर्यक्रममा नेपाल भारत दलित मैत्री संघ मार्फत नेपालबाट सहभागी हुन गएका दलित अधिकारकर्मीहरुलाई विभिन्न बिधाको अम्बेडकर पुरस्कारले सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पुर्व स्वास्थ्य मन्त्री खड्ग बहादुर बस्याँल अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार, दलित आयोगकी पुर्व सदस्य मिना स्वर्णकार ईन्द्रायनी राम अन्तर्राष्ट्रिय पुरस्कार, त्यस्तै गरि बुद्ध कुमारी बिश्वकर्मा सिन्धुपाल्चोक, माया बिश्वकर्मा काठमाडौ ,भक्त बहादुर बिश्वकर्मा दैलेखलाई अम्बेडकर विशिष्ट समाजसेवा अन्तर्राष्ट्रिय पुरस्कार र शर्मिला महरालाई बिरङना ईन्द्रायनी पुरस्कारबाट भारत लोक सभाका पुर्ब अध्यक्ष मिरा कुमार, भारत सरकार दिल्ली प्रदेश समाजका कल्याण मन्त्री राजकुमार आनन्द ,एकाडेमीका अध्यक्ष डा. एन.एस. खोवाद्वारा संयुक्त रुपमा सम्मानित गरिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...