“८ औं केन्द्रिय महाधिबेशन – २०७९” धादिङको बेशीमा सुरु, लोक दोहोरी प्रतियोगिताका लागी ७ सदस्यीय राष्ट्रिय रेफ्री घोषणा

प्रकाश बराईली “अभिब्यक्ति”

धादिङ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “८ औं केन्द्रिय महाधिबेशन – २०७९”
धादिङको बेशीमा सुरु भएको छ । फागुन १२ गते सुरु भएको ८ औं केन्द्रिय महाधिबेशन फागुन १४ गते सम्पन्न गर्ने कुरा आयोजक पक्षबाट जानकारी आएको छ । यस कार्यक्रमको उद्घाटन शत्रमा वर्तमान केन्द्रिय अध्यक्ष रमेश बिजीको अध्यक्षता रहेको थियो भने बागमती प्रदेश सरकारका मुख्य मन्त्री माननिय शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा पुर्व मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डे, प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्री बुद्धीमान तामाङ, प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्री डोल प्रसाद अर्याल, प्रतिनिधी सभा सदस्य रामनाथ अधिकारी, बागमती सरकारका संस्कृती तथा पर्यटन मन्त्री माननिय डम्बर बहादुर तामाङ, संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पुर्व अध्यक्ष प्रजापती पराजुली, पुर्व अध्यक्ष दुर्गा रायमाझी, पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, पुर्व अध्यक्ष चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्री पंगेनी लगायत थुप्रै सामाजिक ब्यक्तित्व, कलाकारहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रमको सञ्चालन केन्द्रिय उपमहासचिव सुवास केसीले गरेका थिए । धादिङ बेसीमा सञ्चालित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं महाधिबेशनको पहिलो दिन एक हजार भन्दा बढी प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं महाधिबेशनमा सहभागिता जनाउन तथा आफ्नो उम्मेदवारी दिन देश तथा बिदेशका बिभिन्न स्थानहरुबाट उपस्थिती रहेको पाईयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं महाधिबेशनलाई बागमती प्रदेश सरकारका मुख्य मन्त्री माननिय शालिकराम जमकट्टेलले दिप प्रज्वलन गरेर समुद्घाटन गरेका थिए ।

 

धादिङमा आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं महाधिबेशनको अवसरमा पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेलाई अग्रज स्रष्टाको रुपमा एक लाख एक हजार एक सय एघार नगद पुरस्कार सहित सम्मान गरिएको थियो भने लोक बहादुर क्षत्री स्मृती सम्मानद्धारा चन्द्रकला शाहलाई पन्ध्र हजार पाँच सय पन्ध्र नगद पुरस्कार, लोक पत्रकारिता सम्मानद्धारा नरहरी न्यौपानेलाई पन्ध्र हजार पाँच सय पन्ध्र नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं महाधिबेशनको पहिलो दिन आगामी दोहोरी गीत प्रतियोगिताहरुको लागी ७ जना सदस्यीय राष्ट्रिय रेफ्रीहरु घोषणा गरेको छ । जस मध्य संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, पुर्व अध्यक्ष प्रजापती पराजुली, बरिष्ठ गायक तथा निर्देशक नारायण रायमाझी, पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, पुर्व अध्यक्ष दुर्गा रायमाझी, पुर्व अध्यक्ष चन्द्र शर्मा, निर्वतमान अध्यक्ष बद्री पंगेनी सहितको ७ सदस्यीय राष्ट्रिय रेफ्रीको घोषणा गर्दै प्रमाण पत्र सहित सम्मान पनि गरिएको थियो । साथै यस समितीले अझै १० जना राष्ट्रिय रेफ्री छनौट गर्न सक्ने कुरा जानकारी गराईएको छ ।

 

उद्घाटन शत्रको समापन भए पश्चात महाधिबेशनको बन्द शत्र सुरु भएको छ । कार्यक्रममा बोल्दै रमेश बिजीले प्रतिष्ठानलाई बिगतमा जस्तै चुस्त दस्त बनाएर लैजान र महाधिबेशनलाई बिबाद रहित बनाउन, सम्झौतामा आउन अनुरोध गरे । सबैको निर्णय अनुसार धादिङ बेशीमा महाधिबेशन गर्न लागिएको कुरा उनले बताए । अबको नयाँ नेतृत्वमा सक्षम र संघर्षशिल ब्यक्ति आओस् । अबको केही घन्टापछि म निवर्तमान हुन्छु, मलाई अध्यक्ष दोहोराउनु छैन । सबै जना समझदारीमा आएर चुनाव नहुने र मनमुटाव नहुने वातावरण सृजना गरीदिनुहोला भन्ने अनुरोध गर्दै ८ औं महाधिबेशन सफल पार्न देश तथा बिदेशबाट आएर सहयोग गर्नुहुने प्रतिनिध, पर्यवक्षक, स्वयमसेवक, मेरा कार्यसमितीका पदाधिकारी, बागमती प्रदेशका पदाधिकारीहरु, प्रमुख अतिथी बागमती प्रदेश सरकारका मुख्य मन्त्री माननिय शालिकराम जमकट्टेल ज्यु बिशेष अतिथिहरु, अतिथीहरु, कलाकारहरु र पत्रकारहरु प्रती आभारी रहेको कुरा वर्तमान अध्यक्ष रमेश बिजीले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...