संगीत रोयल्टी संकलन समाज नेपालको “१७ औँ स्थापना दिवस” सम्पन्न

काठमाडौं । संगीत रोयल्टी दिवसको अबसरमा संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो “१७ औँ स्थापना दिवस” एक कार्यक्रम गरि सम्पन्न गरेको छ।

 

गीत संगीत संग् सरोकार राख्ने पक्ष संग छलफल गर्दै संगीत रोयल्टिका सम्बन्धमा पछिल्लो समयमा भै रहेका गतिबिधिहरुको जानकारी तथा भाबि कार्य योजनाको बारेमा छलफल तथा अबगत गराइएको थियो।

 

कार्यक्रम सस्थाको अध्यक्ष सुरेश चन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सस्कृति महाशाखा प्रमुख डा सुरेस सुरस श्रेष्ठले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको थियो। विशिष्ठ अतिथि को आशन ग्रहण गर्दै बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले आफ्नो परिवारको बिचमा उपस्थित हुन पाउदा खुशी लागेको बताउनु भयो।

 

विशेष अतिथिहरु पूर्व रजिस्ट्रार विशु कुमार के सी संगीत रोयल्टी संकलन समाज नेपालका निवर्तमान अध्यक्ष महेश खड्का, गीतकार संघ नेपालका पूर्व अध्यक्ष चुडामणि देबकोटा, संगीतकार संघ नेपालका अध्यक्ष एबम् प्राज्ञ चेतन सापकोटा, संगीत उधोग संघका अध्यक्ष सुर्य मगर, संगीत तथा चलचित्र उत्पादक समाजका उपाध्यक्ष हम गैरे, प्रस्तोता समाज नेपालका कार्यबाहक अध्यक्ष गायक निर्णय श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उपाध्यक्ष राधिका हमाल, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय कार्यबाहक अध्यक्ष प्रकाश कटुवाल, राष्ट्रिय लोक साँस्कृतिक संघका कार्यबाहक अध्यक्ष एबम् राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय महासचिव अमृत खाती, राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान केन्द्रिय वरिष्ठ उपाध्यक्ष एबम् राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठानका महासचिव नमराज ढुङ्गाना, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उप महासचिव विनोद ढकाल, केन्द्रिय सह कोशाध्यक्ष श्रीजु अधिकारी, केन्द्रिय सदस्य रवीन्द्र रिमाल, स्रस्ठा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई लगाएतको उपस्थिति थियो। कार्यक्रम लाइ सस्थाका उपाध्यक्ष लोक गायक चन्द्र शर्माले संचालन गरेका थिए।

 

 

शुभकामना मन्तब्य दिदै उपस्थित स्रस्टाहरुले गीत संगीत सृजना बापतको रोयल्टी जस्तो महत्वपुर्ण बिषयमा राज्य चनाखो र सहयोगी रुपमा उपस्थित हुन पर्ने धारणा राखे। स्रस्टाको अधिकारलाइ बिश्व बजारमा अत्यन्त महत्वदिराखेको आजको सन्दर्भमा नेपालले स्रस्टा हितमा आफ्नो उपस्थितिलाई न्याय गर्न नसक्नु लज्जास्पद हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा सस्थाका महासचिब बरिष्ठ गीतकार बि पाण्डेले रोयल्टी र स्रस्टा अधिकारका बिषयमा प्राप्त गरेका उपलब्धि र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुति मार्फत प्रकाश पारे।

 

अन्तराष्ट्रिय बजारबाट रोयल्टी संकलनका लागि सस्थाले आफ्नो सम्पुर्ण कामहरु सम्पन्न गरिसकेको र मेटाडाटा संकलन का लागि अब स्रस्टाको कोटमा बल आइपुगेको धारणा राखे। कार्यक्रममा प्रतिष्ठित संगीतकार शम्भुजीत बास्कोटा लगायत गीतसंगीतका सर्जकहरु लाइ रोयल्टी समेत प्रदान गरिएको थियो।

 

 

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सस्कृति महाशाखा प्रमुख डा सुरेस सुरस श्रेष्ठ ले स्रस्टाको अधिकार स्थापित गर्नका लागि प्रतिलिपि अधिकार एन पुनर्लेखन गर्न लागिएको र स्रस्टाका लागि न्यायमिल्ने गरि सो कार्य सम्पन्न हुने कुरामा आफु बिस्वस्त रहेको जिकिर गर्नु भयो। अत्यमा सम्पुर्ण सर्जक स्रस्टालाइ सत्रौं जन्मोत्सवको शुभकामना दिदै अध्यक्ष सुरेस चन्द्र अधिकारीले अब सस्था यौबन अबस्थामा उक्लिएको र आफ्नो अधिकारका लागि आवाज बुलंध गर्न सक्ने स्थितिमा रहेको जानकारी दिनुभयो। अब रोयल्टी र प्रतिलिपि अधिकारका सन्दर्भमा स्रस्ठाहरुको उपलधी नसोचेको रहने बताउनु भयो।

 

 

सुरेश अधिकारि प्रतिलिपि अधिकार एन पुनर्लेखन समितिका सदस्य समेत हुन् भने स्रस्टाहरुको अधिकार स्थापितगर्नका लागि लामो समय देखि अभियन्ताका रुपमा सकृय छन् र उहा संग धेरै स्रस्टाहरुले आसा भरोसा समेत राखेका छन् साथै उहाले यसलाई अवसरको रुपमा कुनै कसर नछोडी प्रयोग गर्ने र लाखौ स्रस्टा सर्जकको अधिकारलाइ स्थापित गरेरै राख्ने प्रतिबद्दता ब्यक्त गरे। नयाँ कार्यालयलाइ रिबन काट्दै उदघाटन समेत गरिएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...