नेपाली कांग्रेसको महाधिवेशन बारे राम चन्द्र पौडेल चिडिएपछी शशांक कोइरालाले छलफलका लागि बोलाए

नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि संस्थापन इतर समूहका रहेका रामचन्द्र पौडेल  चिढिएका छन् । पौडेलले भदौमा महाधिवेशन हुन नसक्ने हो भने विशेष महाधिवेशनमा जानुपर्नेमा जोड दिँदै आएका छन् । तर, संस्थापन इतर समूह मै विशेष महाधिवेशनको पक्षमा माहोल नदेखिएपछि पौडेल आक्रोशित बनेका हुन् । 

सोमबार बिहान सामाजिक सञ्जाल मार्फत आक्रामक रुपमा प्रस्तुत भएका उनले पार्टी सभापति शेरबहादुर देउवा असफल व्यक्ति भएको भन्दै उनीबाट केही अपेक्षा गर्न नसकिने बताएका थिए । महाधिवेशनका लागि उपयुक्त वातावरण बनाउन नेतृत्व असफल भएको बुझाइमा रहेका पौडेलले १४ औं महाधिवेशन सार्ने तयारी स्वीकार्य हुन नसक्ने बताएका छन् । 

महाधिवेशन समयमा नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्याएको आरोप लगाउँदै उनले  भनेका छन्, ‘सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु–याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरू के हुन्छ ? यो देशकै विडम्बना हो ।’

पौडेलले यस्तो बताए पनि महामन्त्री शशांक कोइरालाले भने महाधिवेशन सर्ने स्पष्ट पारिसकेका छन् । साउन २२ मा चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका थिए । उनले भनेका थिए, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिर सम्ममा हुन्छ।’

अहिलेसम्म सभापति देउवासहितका नेताहरुले महाधिवेशन सार्नेबारे केही नबोले पनि शशांकले यसबारे सार्वजनिक रुपमा बोलेका हुन् ।

अहिलेको अवस्थामा भदौमा महाधिवेशन हुने भनिए पनि धेरै कारणले नहुने देखिएकाले महामन्त्रीले यो कुरा बोलेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए । 

सोही अनुसार नेपाली काँग्रेसका नेताहरु १४ औं महाधिवेशन सार्ने गृहकार्यमा जुटिसकेका छन् । क्रियाशील सदस्यताकाे विवाद टुंगोमा नपुगेपछि भदौ १६–१९ का लागि तय भएको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको अवस्थामा अब महाधिवेशन सार्नुबाहेक अर्को विकल्प नभएको काँग्रेसका नेताहरुको भनाइ छ । 

यस्तो अवस्थामा संस्थापन भित्र नै विग्रहको वातावरण भएपछि चिढिएका रामचन्द्रलाई मनाउन तथा साझा धारणा तय गर्न शशांककै पहलमा सोमबार इतर पक्षको बैठक बोलाइएको छ ।

बैठकमा मूलतः महाधिवेशनका सन्दर्भमा पौडेलको असन्तुष्टिका विषयमा छलफल गर्दै एक मत भएर अघि बढ्न प्रयास गरिने नेताहरुको भनाइ छ ।  स्वकीय सचिव तिवारीले भने, ‘शशांक दाइले सबै नेताहरुलाई बोलाउनुभएको छ, महाधिवेशनलगायतका सबै विषयमा छलफल हुन्छ ।’

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...