निलिमा पुनको “सबै चेली–२” मा तीन पुस्ताको संयोग (भिडियो सहित)

क्तपुर – गायिका निलिमा पुनले तीजको अवसर पारेर नयाँ प्रगतिशिल गीत सार्वजनिक गरेकी छिन् । अघिल्लो वर्षको तीजमा ‘सबै चेली’ नामक गीतको भिडियो सार्वजनिक गरेकी पुनले त्यसैको निरन्तरतामा यस पटक ‘सबै चेली–२’ नामक गीति भिडियो सार्वजनिक गरेकी हुन् । गायिका पुनकै शब्द तथा संगीत रहेको गीतमा नेपाली चेलीहरुले अंगाल्ने विभिन्न पेशागत जिम्मेवारीहरुको विविधता समेटिएको छ । उनले पेशागत विविधतामा रहेका चेलीहरु तीजमा माइतीमा आएको र आमाले कसको दैनिकी कसरी बित्दैछ त भनेर गर्ने सहज प्रश्नको उत्तर दिने क्रममा चेलीहरुले आफ्नो पेशामा गरेको अनुभव सुनाउने शैलीलाई टिपेर शब्दमा उनेकी छिन् ।

उक्त गीतमा गाउँघरको विद्यालयमा पढाउने शिक्षिकादेखि हवाइजहाज उडाउने पाइलटसम्मको भूमिकामा रहेका चेलीहरु जम्मा भएको देखाइएको छ । गीतको शब्दले बोले झैं डाक्टर, सुरक्षाकर्मी प्रहरी, मजदुर लगायतका पेशागत जिम्मेवारी बोकेका चेलीहरुको भूमिका समेटिएको छ । निलिमालाई स्वरमा हरिमाया पुन, रुपा पुन, माया पुन, सुकमाया बुढाथोकी र बिमा पुनले साथ दिएका छन् ।

सरल गीतको भिडियो पनि सरल तरिकाले नै निर्माण गरिएको छ । जनगायक जीवन शर्माको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा नबीना के।सी।को केरियोग्राफी रहेको छ भने समिर राईको छायाँकन र तुलसी बाँस्कोटाको सम्पादन छ ।

डमर भण्डारीले निर्देशन गरेको भिडियोमा पञ्चकली पुनले आमाको भूमिका निभाएकी छिन् । अनु शर्मा, आकृति भण्डारी, मनिषा बुढाथोकी, बेलीमाया पुन, तुलसा पराजुली, कुसुम श्रीष, श्रृष्टि बस्याल, गरीमा पाण्डे, मञ्जु खड्का, बुद्धलक्ष्मी मुनिकार, एलिसा मगर, समिता बुढाथोकी र भावना बस्यालको मौलिकता झल्कने नृत्य र अभिनयले भिडियोलाई आकर्षक बनाएको छ । भिडियोमा समेटिएका तीन पुस्ताको संयोगले यसलाई अझ जीवन्त बनाएको छ ।

बाँकी भिडियोमा हेर्न यो लिंकमा क्लिक गर्नुहोस्

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...