टिका भुजेल र आशा बिश्वकर्माको अभिनयमा “पुरानो माया” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०८० माघ १५ सोमवार १२:४१
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा “पुरानो माया” नामक गीत सार्वजनिक भएको छ । यस गीतमा जय देबकोटा र मिना लामाको स्वर रहेको छ भने जय देबकोटा कै शब्द, संगीत रहेको छ ।
गीतको भिडियोमा मदन खड्काको निर्देशन रहेको छ भने हरिश महराको छायांकन, अनिल रानाको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा टिका भुजेल र आशा बिश्वकर्माको अभिनय रहेको छ ।
यस गीतलाई टिका भुजेल अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०८० माघ १५ सोमवार १२:४१















