वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

तुलसी गिरी “भाबुक”
काठमाडौं ।

गरिबी र बेरोजगारीको कारण आर्थिक उपार्जनको गन्तव्य खोज्दै युवाहरुले घर छोड्नुपर्ने बाध्यता र त्यस्तो परिस्थितिबाट उत्पन्न वियोगान्त कथामा आधारित म्युजिक भिडिओ ‘गन्तव्य खोज्दै’ सार्वजनिक भएको छ ।

भिडिओ Sairam Pictures युट्युब च्यानलबाट हिजो डिजिटल बजारमा आएको हो । साक्षी श्रेयको शब्द, सङ्केत अगस्तीको सङ्गीत, बाबुल गिरीको सङ्गीत संयोजन, श्रेय अगस्ती र बाबुल गिरीको स्वर तथा विशाल निरौलाको मिक्सिङ/माष्टरिङ रहेको यस गीतको भिडिओमा कमल सिंह, मिशेल घिमिरे र झलकमणि अधिकारीको अभिनय रहेको छ ।

सङ्केत अगस्तीको निर्देशनमा निर्माण भएको यस भिडिओमा खेमनाथ खनाल पटकथाकार एवं क्रिएटिभ निर्देशकको रुपमा रहेका छन् । भिडिओका छायाकार करन चैसिर हुन् भने दृश्य सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

देशको विषम परिस्थितिले गर्दा युवाहरुले चाहेर पनि इलम गरेर खाने अवस्था नरहेको कारण विदेशिनु पर्ने बाध्यता र देश-विदेशमा काम गरिरहेका युवाहरु कोही बाकसमा फर्कनु पर्ने त कोही चरम श्रम शोषणमा पर्ने अवस्था भएकोले भविष्यमा यस्ता घटना फेरि नदोहोरिउन् भन्ने आशयले यो भिडिओ निर्माण गरिएको कुरा निर्माण पक्षले जानकारी गराएको छ । सन्देशमूलक यो भिडिओ यथार्थपरक कथामा आधारित रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...