आईते तामाङ अध्यक्षमा निर्वाचित, नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्ट्स संघको पहिलो राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । नेपालमा नयाँ पुस्ताबीच लोकप्रिय बन्दै गएको ब्रेकिङ र डान्स स्पोर्ट्सलाई खेलकुदको हैसियतमा स्थापित गर्ने उद्देश्यले अखिल नेपाल खेलकुद महासंघ अन्तर्गतको नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्ट्स संघले आफ्नो पहिलो राष्ट्रिय भेला सम्पन्न गरेको छ।

 

भेलाले ३५ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत गठन गरेको छ। सातदोबाटो ललितपुरकाे भेलाबाट आईते तामाङलाई अध्यक्ष चयन गर्दै संघलाई व्यवस्थित र संस्थागत रूपमा अघि बढाउने जिम्मेवारी सुम्पिएको छ। नयाँ नेतृत्वमा आएका तामाङले ब्रेकिङ एण्ड डान्स स्पोर्ट्सलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक खेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

 

भेलामा उपस्थित वक्ताहरूले नयाँ समितिलाई बधाई दिँदै यसले नेपालको ब्रेकिङ र डान्स स्पोर्ट्सलाई विश्व स्तरमा चिनाउन योगदान दिने विश्वास व्यक्त गरे। प्रमुख अतिथि तथा अखिल नेपाल खेलकुद महासंघका इन्चार्ज दीपक कोइरालाले युवा पुस्ताको उर्जा र सृजनशीलतालाई खेलमार्फत सही दिशामा अघि बढाउन यो संघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

 

महासंघका अध्यक्ष शिव कोइराला (ज्वाला)ले ब्रेकिङ र डान्स खेलकुदको विश्वव्यापी प्रभावलाई औंल्याउँदै नेपालमा यसलाई संस्थागत रूपमा विस्तार गर्न नयाँ नेतृत्व सक्षम हुने अपेक्षा व्यक्त गरे। महासचिव अन्जन धमलाले नयाँ समितिले अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको यात्रा तय गर्ने विश्वास व्यक्त गर्दै संरचनागत र प्राविधिक विकासमा जोड दिनुपर्ने बताए।

 

विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले विद्यालय तहमै यस्तो खेललाई प्रवर्द्धन गर्न सकिएमा यसले हजारौं युवालाई प्रतिभा प्रदर्शन गर्ने अवसर दिलाउने बताए। उशु महासंघका महासचिव नवराज ढुंगाना (विश्वास)ले नयाँ खेल विधा भए पनि यसले छोटो समयमा युवा पुस्ताको मन जितेको उल्लेख गर्दै ब्रेकिङलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सकिने बताए।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुसिला कार्कीको नेतृत्वको सरकारमा उर्जा मन्त्री भए कुलमान घिसिङ, अन्य मन्त्री को को भए त ?

सुसिला कार्कीको नेतृत्वको सरकारमा उर्जा मन्त्री भए कुलमान घिसिङ, अन्य मन्त्री को को भए त ?

वि.सं.२०८२ भदौ २९ आइतवार १७:२०

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना...

प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राती शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै

प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राती शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै

वि.सं.२०८२ भदौ २९ आइतवार ०७:५५

काठमाडौं। गत मंगलबारको आगजनीले बालुवाटार स्थित प्रधानमन्त्री निवास पनि जोगिन...

सरकारी संरचना जलाउनेहरुलाई नेपाली कसरी भन्ने: प्रधानमन्त्री सुशीला कार्की

सरकारी संरचना जलाउनेहरुलाई नेपाली कसरी भन्ने: प्रधानमन्त्री सुशीला कार्की

वि.सं.२०८२ भदौ २९ आइतवार ०७:४२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार, सर्वोच्च अदालत जस्ता मुलुकलाई अति...

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो, अझै बिबरण आउन बाँकी

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो, अझै बिबरण आउन बाँकी

वि.सं.२०८२ भदौ २९ आइतवार ०७:३०

काठमाडौं। जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।...

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल

वि.सं.२०८२ भदौ २८ शनिवार ०८:५८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक...

काठमाडौंमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय

काठमाडौंमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय

वि.सं.२०८२ भदौ २८ शनिवार ०७:२४

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र...