आईते तामाङ अध्यक्षमा निर्वाचित, नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्ट्स संघको पहिलो राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । नेपालमा नयाँ पुस्ताबीच लोकप्रिय बन्दै गएको ब्रेकिङ र डान्स स्पोर्ट्सलाई खेलकुदको हैसियतमा स्थापित गर्ने उद्देश्यले अखिल नेपाल खेलकुद महासंघ अन्तर्गतको नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्ट्स संघले आफ्नो पहिलो राष्ट्रिय भेला सम्पन्न गरेको छ।

भेलाले ३५ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत गठन गरेको छ। सातदोबाटो ललितपुरकाे भेलाबाट आईते तामाङलाई अध्यक्ष चयन गर्दै संघलाई व्यवस्थित र संस्थागत रूपमा अघि बढाउने जिम्मेवारी सुम्पिएको छ। नयाँ नेतृत्वमा आएका तामाङले ब्रेकिङ एण्ड डान्स स्पोर्ट्सलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक खेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

भेलामा उपस्थित वक्ताहरूले नयाँ समितिलाई बधाई दिँदै यसले नेपालको ब्रेकिङ र डान्स स्पोर्ट्सलाई विश्व स्तरमा चिनाउन योगदान दिने विश्वास व्यक्त गरे। प्रमुख अतिथि तथा अखिल नेपाल खेलकुद महासंघका इन्चार्ज दीपक कोइरालाले युवा पुस्ताको उर्जा र सृजनशीलतालाई खेलमार्फत सही दिशामा अघि बढाउन यो संघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

महासंघका अध्यक्ष शिव कोइराला (ज्वाला)ले ब्रेकिङ र डान्स खेलकुदको विश्वव्यापी प्रभावलाई औंल्याउँदै नेपालमा यसलाई संस्थागत रूपमा विस्तार गर्न नयाँ नेतृत्व सक्षम हुने अपेक्षा व्यक्त गरे। महासचिव अन्जन धमलाले नयाँ समितिले अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको यात्रा तय गर्ने विश्वास व्यक्त गर्दै संरचनागत र प्राविधिक विकासमा जोड दिनुपर्ने बताए।

विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले विद्यालय तहमै यस्तो खेललाई प्रवर्द्धन गर्न सकिएमा यसले हजारौं युवालाई प्रतिभा प्रदर्शन गर्ने अवसर दिलाउने बताए। उशु महासंघका महासचिव नवराज ढुंगाना (विश्वास)ले नयाँ खेल विधा भए पनि यसले छोटो समयमा युवा पुस्ताको मन जितेको उल्लेख गर्दै ब्रेकिङलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सकिने बताए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...