स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दिए राजीनामा

वि.सं.२०८२ भदौ २४ मंगलवार ०८:४६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।
यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

वि.सं.२०८२ भदौ २४ मंगलवार ०८:४६