प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राती शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै

काठमाडौं। गत मंगलबारको आगजनीले बालुवाटार स्थित प्रधानमन्त्री निवास पनि जोगिन सकेन। प्रदर्शनकारीले प्रधानमन्त्री निवास भित्र प्रवेश गरेर सवारी साधनमा आगजनी र भवनहरू तोडफोड गरे। सुरक्षा स्रोतका अनुसार, बालुवाटार सडकबाट प्रधानमन्त्री निवास छिर्ने ३ नम्बर मूल गेट, त्यहाँ भित्रका सवारी साधन र भवनहरूमा क्षति पुगेको छ।

 

भवनका सिसा फुटेका छन् भने सुरक्षाकर्मी बस्ने ब्यारेकहरूमा क्षति पुगेको छ । सुरक्षाकर्मीका केही सवारी साधन पनि जलेका छन्। बालुवाटार प्रधानमन्त्री निवासमा सुरक्षाकर्मीहरूको बाहिरी घेरापछि भित्री तहमा अर्को घेरा पनि छ । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको सुरक्षा घेराभित्रको दोस्रो तहको घेरा भित्र प्रधानमन्त्रीको निवास छ।

 

केही वर्षअघि मात्रै निर्माण भएको सुविधा सम्पन्न भवन र त्यसको परिसरमा प्रदर्शनकारी पस्न नपाएकाले कुनै क्षति पुगेको छैन। प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राति शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै आएकी छन् । उनले टोखा स्थित निजी निवासमा बस्ने इच्छा भए पनि सामान्य रूपमा बनाइएको घरमा सुरक्षाकर्मी र सचिवालयका अरू कर्मचारीहरू अट्नै नसक्ने अवस्था भएपछि उनी तत्काल बालुवाटारमा सरेकी हुन्।

 

आइतबार बिहान सिंहदरबारमा खडा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पदभार ग्रहण नगरुञ्जेल प्रधानमन्त्री कार्कीले शनिबार दिनभर बालुवाटार स्थित सरकारी निवासबाट नै सरकारी अधिकारी एवं सरोकारवालाहरू सँग भेटघाट र परामर्श गरेकी थिइन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...