म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न भएको छ। सो कार्यक्रममा चैत्र २१ गते काठमाडौं स्थित टोखाको भुत्खेलमा सम्पन्न भएको हो। म्युजिक भिडियो कलाकार संघ नेपालका अध्यक्ष बिमल अधिकारीको अध्यक्षता रहेको थियो भने अग्रज निर्देशक बाबुराजा केसी उज्जवलको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष बद्री पंगेनी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष पशुपती शर्मा, नेपाल साँस्कृतिक महासंघका सभापती तिर्थ बहादुर थापा, ध्वनी सम्पादक कुमार राना, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीका अध्यक्ष प्रसाद लामिछाने, चर्चित गायक एबं संगीतकार सन्तोष केसी, म्युजिक भिडियो कलाकार संघ नेपाल की निवर्तमान अध्यक्ष सम्झना बुढाथोकी, चर्चित संगीतकार बिपिन किरण, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका प्रवक्ता शिखर श्रेष्ठ लगायत अन्य कलाकारहरु बिशेष आतिथ्यता रहेको थियो।

“कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२”  मा औपचारिक कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव सनम कथायतले गरेका थिए भने अनौपचारिक कार्यक्रमको सञ्चालन सोही संस्थाका बरिष्ठ उपाध्यक्ष तथा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” का संयोजक सुनिल लामिछानेले गरेका थिए। उक्त कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुती संगै घैटो फोर्ने खेल र म्युजिकल चियर प्रतियोगिताको आयोजना गरिएको थियो।

कार्यक्रममा चर्चित कलाकारहरु बद्री पंगेनी, सम्झना लामिछाने, शिब बिक, सम्झना बुढाथोकी, अस्मिता जुरेली, अस्मिता पुरी लगायत थुपै कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो। “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” अन्तर्गत घैटो फोर्ने खेलमा अस्मिता जुरेली, रितु बस्नेत, एलिना बास्कोटा (उडी उडी चुप्पा) बिजयी भएका थिए भने म्युजिकल चियरमा अश्मी थापा बिजयी भएकी थिईन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

गायक प्रदिप बराईलीको गीत “पाईन देशमा काम” सार्वजनिक

गायक प्रदिप बराईलीको गीत “पाईन देशमा काम” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:३३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

तेजस रेग्मी र जुना गुरुङको अभिनयमा “म त दिक्क छु” सार्वजनिक (भिडियो सहित)

तेजस रेग्मी र जुना गुरुङको अभिनयमा “म त दिक्क छु” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ चैत १० मंगलवार ०२:४९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

आशा बिश्वकर्मा, सुजन सुर्खेती, शिब पराजुली र शंकर बरालको अभिनयमा “राती भेट्न सपनीमा आउछु” सार्वजनिक

आशा बिश्वकर्मा, सुजन सुर्खेती, शिब पराजुली र शंकर बरालको अभिनयमा “राती भेट्न सपनीमा आउछु” सार्वजनिक

वि.सं.२०८२ चैत ९ सोमवार ११:०२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

चर्चित गायक एबं सफल ब्यवसायी राजन भुजेल बिश्वकर्मा र चर्चित गायिका पुर्णकला बिसीको स्वरमाको नयाँ गीत “बाछिटा” सार्वजनिक

चर्चित गायक एबं सफल ब्यवसायी राजन भुजेल बिश्वकर्मा र चर्चित गायिका पुर्णकला बिसीको स्वरमाको नयाँ गीत “बाछिटा” सार्वजनिक

वि.सं.२०८२ चैत ८ आइतवार ०६:५८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मिन प्रकाश ओलीको नयाँ देउडा गीत “आज मलाई बौउजुले” सार्वजनिक

मिन प्रकाश ओलीको नयाँ देउडा गीत “आज मलाई बौउजुले” सार्वजनिक

वि.सं.२०८२ चैत ८ आइतवार ०६:०२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...