मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गीतकार मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ रिलिज भएको छ । गैरे सुरेशको सङ्गीत, राजन इसानको सङ्गीत संयोजन र स्वरूपराज आचार्यको स्वर रहेको यो गीतको भिडिओ सर्जक मणिराजकै आधिकारिक युट्युब च्यानल Mani Entertainment बाट सार्वजनिक भएको हो ।

 

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सुप्रसिद्ध अग्रज छायाँकार रविन्द्र बरालको छायाङ्कन एवं वीरेन्द्र भाटकै सम्पादन रहेको यो प्रेमिल कथावस्तुमा आधारित म्युजिक भिडिओकी निर्मात्री मेनुका बस्नेत हुन् । भिडिओमा दिपेन्द्रराज गिरी र सङ्गीता चौहानको अभिनय रहेको छ । प्राप्त जानकारी अनुसार लोकप्रिय टिकटकर सङ्गीताको यो पहिलो म्युजिक भिडिओ हो । भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।

 

गीतमा नदेखेरै नभेटेरै गहिरो माया बसेको, थाहै नपाई मनले नाता गाँसेको, बिना कुनै स्वार्थ-बिना अपेक्षा दिल बसेको कुरा गरिएको छ । यथार्थपरक भावमा लेखिएको यस गीतले निश्वार्थ प्रेमको स्वच्छता, गहिराई र सङ्लो पनलाई उजागर पारेको छ ।

 

दक्षिणकाली नगरपालिका-५, फर्पिङ, काठमाण्डौ निवासी पिता भक्त बहादुर बस्नेत र माता गगन कुमारी बस्नेतको परिवारमा जेठो सन्तानको रुपमा गीतकार मणिराजको जन्म भएको थियो । १५ वर्षको कलिलो उमेरमै बुबालाई गुमाएपछि जेठो सन्तान हुनुको नाताले ३ भाइ र १ बहिनीको लागि अभिभावकको जिम्मेवारी समेत पूरा गर्दै हुर्केका मणिराजको २०५४ सालमा मेनुका बस्नेतसँग विवाह भएको थियो । डिभी चिट्ठा मार्फत ०६० मा सुन्दर भविष्यको सपना बोकेर अमेरिका प्रवेश गरेका उनी हाल श्रीमती, तीन छोरीहरु- भावना, साधना र आश्मा सहित सपरिवार अमेरिकाको डेनभर, कोलोराडो बस्दै आएका छन् ।

 

मणिराज सानै उमेरदेखि गीत/कविताहरु रचना गर्ने गर्दथे । उनलाई गीत/सङ्गीतमा पनि उत्तिकै रुची थियो । पहिलोपटक ०५८ सालमा उनको रचना, शक्तिबल्लभको सङ्गीत र स्वरुपराज आचार्यको स्वरमा ‘हिउँले ढाक्यो त्यो परि डाँडामा’ बोलको गीत रेकर्ड भएको थियो । त्यसपछि निरन्तर सिर्जनाकर्ममा क्रियाशील रहेका स्रस्टा मणिराजको शक्तिबल्लभको एकल सङ्गीतमा पहिलो गीति एल्बम ‘पीडा’ (२०६४), शिव परियारको एकल सङ्गीतमा दोस्रो एल्बम ‘फाटेको मन’ (२०६७) र बालन्द राईको एकल सङ्गीतमा तेस्रो एल्बम ‘प्रवासी मन’ (२०७२) प्रकाशन भएका थिए । गाउन पनि रुची राख्ने मणिराजको स्वरमा भने पहिलोपटक ‘बाँसैको टाटी’ बोलको युगल गीत रेकर्ड भएको थियो । महेश बुढाथोकीको शव्द/सङ्गीत रहेको यस गीतमा उनलाई गायिका अञ्जु गौतमले साथ दिएकी थिईन् । मणिराजका रचनामा हालसम्म ४ दर्जन भन्दा बढी र स्वरमा लगभग आधा दर्जन गीत रेकर्ड भइसकेका छन् । उनका म्युजिक भिडिओहरु उनको आधिकारिक युट्युब च्यानल Mani Entertainment मा हेर्न सकिन्छ ।

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिका, गीतकार सङ्घ नेपाल, काठमाण्डौ र रेडियो हिमालय, काठमाण्डौका आजीवन सदस्य मणिराजले रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल, डेनभर, कोलोराडोमा सन् २०१२ देखि २०१६ सम्म कोषाध्यक्षको र सन् २०१६ देखि २०२० सम्म उपाध्यक्षको दुई कार्यकालको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए । प्रवासमा रहेर पनि नेपाली कला, सङ्गीत र साहित्यको लागि क्रियाशील थोरै नेपालीहरु मध्येका उनी पनि एक सर्जक/कलाकार हुन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...