रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक
वि.सं.२०८३ वैशाख २४ बिहीवार १३:३३
काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ। सोही क्रममा प्रेम बस्नेतको गीत “आधा मन” सार्वजनिक भएको छ।
यस गीतमा रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वर रहेको छ भने प्रेम बस्नेतको शब्द, रमेश बिक्रम रत्नको संगीत रहेको छ। यस गीतको एरेञ्ज लक्षु प्रकाश मल्लले गरेका हुन् भने रमेश खड्काले रेकर्डिङ र मनोज परियारले मिक्सिङ गरेका हुन्।
“आधा मन” नामक गीतको भिडियोलाई केशबराज भट्टले निर्देशन गरेका हुन् भने करण चैशिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा रमेश बिक्रम रत्न, रिना गुरुङ, खेम नेपाली र अन्य कलाकारहरुको अभिनय रहेको छ।
गीतमा एक पारिवारिक कथा र हालः बर्षायामको समयलाई समेटिएको छ। “आधा मन” नामक गीतलाई रमेश बिक्रम रत्नको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०८३ वैशाख २४ बिहीवार १३:३३















