उपत्यका समन्वय ललितपुर समितिको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९” सम्पन्न, अध्यक्षमा दामोदर भण्डारी निर्वाचित

काठमाडौं, नेपाल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९” सम्पन्न भएको छ ।  “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९” धापासी स्थित प्रतिष्ठानको हलमा सम्पन्न भएको हो ।

यस कार्यक्रममा सुजन बराईलीको अध्यक्षता रहेको थियो भने केन्द्रिय वरिष्ठ उपाध्यक्ष एबम कार्यबाहक अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, प्रथम उपाध्यक्ष पशुपती शर्मा, केन्द्रिय द्वितीय उपाध्यक्ष रामजी खाण, तृतीय उपाध्यक्ष दिपक खड्का, केन्द्रिय उप – महासचिव शिव हमाल, केन्द्रिय सचिब कृष्ण रेउले, केन्द्रिय सचिब रमेशराज भट्टराई, केन्द्रिय सचिब प्रचण्ड जिसी, केन्द्रिय सदस्य पिएन सापकोटा, केन्द्रिय सदस्य राज कुमार रायमाझी, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल, उपत्यका समन्वय समिती कि वरिष्ठ उपाध्यक्ष जमुना सनम, उपत्यका समन्वय समितिका सचिब रामु खड्का, निवर्तमान अध्यक्ष आर.सी. कोईराला, विभिन्न ८ वटै समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ललितपुर समुतिको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९” मा केन्द्रिय द्वितीय उपाध्यक्ष रामजी खाण निर्वाचन समितिको संयोजक रहेका थिए । औपचारिक  कार्यक्रममा सचिब रोशन गैरेले सञ्चालन गरेका थिए भने निर्वाचनको कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सह-संयोजक पिएन सापकोटाले गरेका थिए ।

ललितपुर समितीको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९”  बाट दामोदर भण्डारी अध्यक्षमा चयन भएका छन् । त्यस्तै बेलिमाया पुलामी प्रथम उपाध्यक्ष, कुमार रणपहेली द्वितीय उपाध्यक्ष, सिर्जना हुमागाई महिला उपाध्यक्ष, सचिब रोशन गैरे, मुना रोक्का काेषाध्यक्ष, अनिल परियार सह – सचिब, दुर्गा बिरही सह – काेषाध्यक्ष, प्रकाश बराईली “अभिव्यक्ति” प्रवक्ता एबम कार्यक्रम संयोजक निर्वाचित भएका छन् भने सदस्य पदमा बाबुराम भट्टराई, सरु बोहरा, लेखनाथ बस्नेत, आयुष परियार, केपि बागदास, सन्देश अधिकारी, पुजा पुन मगर, अर्पण राज गिरी, प्रबिण खड्का, चन्द्रकला पुन, सुर्य क्यापछाकी मगर, अप्सरा चौलागाईं निर्वाचित भएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...