चिरायु नेशनल हस्पिटलको आयोजनामा “दशै – तिहार, छठ तथा नेपाल सम्बत ११४३ को शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न

काठमाडौं, नेपाल । चिरायु नेशनल हस्पिटलको आयोजनामा “दशै – तिहार, छठ तथा नेपाल सम्बत ११४३ को शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न भएको छ । यस कार्यक्रममा चिरायु नेशनल हस्पिटलका अध्यक्ष हेम बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा अस्पताल निर्देशक सञ्जिबराज भण्डारी, डा. अनिल अधिकारी, वरिष्ठ कलाकार निर्मल शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रिय कार्यबाहक अध्यक्ष रिता थापा मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय तृतीय उपाध्यक्ष दिपक खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय उप-महासचिव शिव हमाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य पिएन सापकोटा, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल, चर्चित कलाकारहरु राम कुमार नेपाली, रमेश बाबू थापा, दिनेश क्षेत्री, चेतन गोतामे, गंगा पुन, प्रकाश पराजुली, बिना बिश्वकर्मा, अस्मिता राना लगायत अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन हस्पिटल म्यानेजर हिमाल रानाले गरेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुती रहेको थियो ।

सो कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुतिले एकदमै मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको मुख्य आकर्षणको बिन्दु विभिन्न कलाकारहरुको प्रस्तुति पनि रहेको थियो । गीत संगीत भनेपछी कस्को मन छुदैन र । यहि कारणले पनि होला चिरायु नेशनल हस्पिटल, बसुन्धारा, काठमाडौंले हरेक कलाकारलाई कलाकार भएको प्रमाण या राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा आबद्ध भएको प्रमाण भएपछी उपचारमा विशेष छुट दिदै आएको छ ।

यसै सन्दर्भमा कुरा गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कि कार्यबाहक अध्यक्ष रिता थापा मगरले भनिन् ” चिरायु भनेको दिर्घायु हो । चिरायु हस्पिटलले धेरै बिरामी निको पारेको छ । धेरै कलाकारहरुलाई बिरामी हुँदा निको पारेको छ। यस प्रती सिंगो प्रतिष्ठानले सलुट गर्दछ । हामीले सिफारिस गरेको भरमा पनि धेरै कलाकारहरुलाई विशेष छुट सहित उपचार गरिदिएकोमा आभारी छु । साथै मेरो आफ्नै सासू आमालाई कुनै हस्पिटलले निको बनाउन नसकेको र अन्तिममा चिरायु नेशनल हस्पिटलले निको बनाएको अनि सासू आमा अहिले स्वस्थ भएर म प्रती खुसी भएकोमा झनै आभारी छु । आगामी दिनमा पनि म मात्र हैन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल संग सम्बन्ध कायम रहोस् भन्न चाहन्छु । आउदै गरेको बिजया दशमीको सबैलाई शुभकामना “

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...