चिरायु नेशनल हस्पिटलको आयोजनामा “दशै – तिहार, छठ तथा नेपाल सम्बत ११४३ को शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न

काठमाडौं, नेपाल । चिरायु नेशनल हस्पिटलको आयोजनामा “दशै – तिहार, छठ तथा नेपाल सम्बत ११४३ को शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न भएको छ । यस कार्यक्रममा चिरायु नेशनल हस्पिटलका अध्यक्ष हेम बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा अस्पताल निर्देशक सञ्जिबराज भण्डारी, डा. अनिल अधिकारी, वरिष्ठ कलाकार निर्मल शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रिय कार्यबाहक अध्यक्ष रिता थापा मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय तृतीय उपाध्यक्ष दिपक खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय उप-महासचिव शिव हमाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य पिएन सापकोटा, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल, चर्चित कलाकारहरु राम कुमार नेपाली, रमेश बाबू थापा, दिनेश क्षेत्री, चेतन गोतामे, गंगा पुन, प्रकाश पराजुली, बिना बिश्वकर्मा, अस्मिता राना लगायत अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन हस्पिटल म्यानेजर हिमाल रानाले गरेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुती रहेको थियो ।

सो कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुतिले एकदमै मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको मुख्य आकर्षणको बिन्दु विभिन्न कलाकारहरुको प्रस्तुति पनि रहेको थियो । गीत संगीत भनेपछी कस्को मन छुदैन र । यहि कारणले पनि होला चिरायु नेशनल हस्पिटल, बसुन्धारा, काठमाडौंले हरेक कलाकारलाई कलाकार भएको प्रमाण या राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा आबद्ध भएको प्रमाण भएपछी उपचारमा विशेष छुट दिदै आएको छ ।

यसै सन्दर्भमा कुरा गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कि कार्यबाहक अध्यक्ष रिता थापा मगरले भनिन् ” चिरायु भनेको दिर्घायु हो । चिरायु हस्पिटलले धेरै बिरामी निको पारेको छ । धेरै कलाकारहरुलाई बिरामी हुँदा निको पारेको छ। यस प्रती सिंगो प्रतिष्ठानले सलुट गर्दछ । हामीले सिफारिस गरेको भरमा पनि धेरै कलाकारहरुलाई विशेष छुट सहित उपचार गरिदिएकोमा आभारी छु । साथै मेरो आफ्नै सासू आमालाई कुनै हस्पिटलले निको बनाउन नसकेको र अन्तिममा चिरायु नेशनल हस्पिटलले निको बनाएको अनि सासू आमा अहिले स्वस्थ भएर म प्रती खुसी भएकोमा झनै आभारी छु । आगामी दिनमा पनि म मात्र हैन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल संग सम्बन्ध कायम रहोस् भन्न चाहन्छु । आउदै गरेको बिजया दशमीको सबैलाई शुभकामना “

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...