“टिका पुन सांगीतिक साँझ” भब्य रुपमा सम्पन्न, दर्शकहरु नअटाएर फर्किए

काठमाडौं, नेपाल । लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न भएको हो ।

 

कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने उपराष्ट्रपती नन्द पुन पासाङको प्रमुख आतिथ्यता रहेको थियो । “टिका पुन सांगीतिक साँझ” बरिष्ठ गायक नारायण रायमाझी, बरिष्ठ गायक प्रेमराजा महत, नन्द कृष्ण जोशी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, बरिष्ठ लोक गायिका शर्मीला गुरुङ, बरिष्ठ लोक गायिका शिला आले लगायत अन्य थुप्रै कलाकारहरु र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा हल भरिभराउ भएर हल भित्र छिर्न नपाएर कतिपय दर्शकहरु त फर्किका पनि थिए ।

 

कार्यक्रममा लोकप्रिय गायिका संगै नारायाण रायमाझी, खड्ग गर्बुजा, बिबि अनुरागी, मिलन लामा, राजु परियार, रामजी खाण, किरणबाबु पुन लगायत अन्य कलाकारहरुको पनि प्रस्तुती रहेको थियो । साथै सहयोगी कलाकारहरुको रुपमा स्मृती शाही, करिश्मा घर्ती मगर, शिब संगीत, धनराज चुनारा, खगेन्द्र बिक, सन्तु थापा, करिश्मा बिसी, प्रकाश रसाईली भाबुक, करुणा गन्धर्व लगायत अन्य रहेका थिए ।

“टिका पुन सांगीतिक साँझ” दर्पण संगीतालयले आयोजना गरेको हो भने सत्यवती कला केन्द्रले सहकार्य गरेको हो । सुर्खेतमा जन्मिएकी बहुप्रतिभाशाली गायिका टिका पुनको कर्म घर दाङ हो । हालः उनले काठमाडौंलाई कर्मथलो बनाएकी छिन् । उनी बिभिन्न संघ संस्थाहरुमा पनी आबद्ध छिन् । टिका पुन दर्पण संगीतालयको कार्यक्रम सञ्चालिका समेत हुन् । साथै उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको निवर्तमान सह – कोषाध्यक्ष समेत हुन् ।

 

टिका पुनले सबै प्रकारका गीत गाउन सक्छिन् । केही समय अघी उनले राजु परियार सँग गाएको कती राम्रो दमाईको छोरो नामक लाईभ दोहोरीले अत्याधिक चर्चा कमाउन सफल भएको थियो । उनै लोकप्रिय गायिका टिका पुनले स्वर दिएका गीतहरु लालुपाते फुल छैन रुख मात्रै, सलल बगेको भेरी नदी, क्षितिज पारी उनको बस्तीमा, म पुजा गर्छु मायाको, ए बि सि डि, समाजको बन्धन, छोरी पाए, यो मार्मिक सन्देश, जुन पनी दाग छ, तिम्रो दर्शन पाईन, पोखरा फेवाताल घुम्नलाई, म त जुनी जुनी लगायत थुप्रै गीतहरुले चर्चा बटुल्न सफल भएका थिए । टिका पुनले ६ हजार भन्दा बढी गीतहरुमा स्वर दिईसकेकी छिन् । सानै छँदा गायनमा रुची राख्ने टिका पुनले बिगत २३ बर्ष देखी सांगीतिक क्षेत्रमा कर्म गर्दै आईरहेकी छिन् ।

टिका पुन भन्छिन् “यस्तो भब्य रुपले सम्पन्न होला भन्ने त मैले सोचेको पनि थिईन । सबैले साथ दिएर यो कार्यक्रम सफल भएको हो । धेरैले आर्थिक नैतिक भौतिक रुपमा सहयोग गरिदिनु भयो । साथै केही ब्यक्तिहरु सुरुवात देखी खटिएर साथ दिनुभयो उहाँहरु प्रति आभारी छु । धेरै मिडियाहरुले सुरुवात देखी साथ दिनु भयो । उहाँहरु प्रती पनि आभारी छु । बुढेसकालमा एकल साँझ गरेर महत्व नहोला । गाउन नसकिएला भनेर अहिले सक्ने अवस्थामा साँगीतिक साँझ गरेकी हुँ । सबै गीत गाउन सकिन । यस प्रती सर्जक तथा गायकहरु प्रति क्षमाप्रार्थी छु । “टिका पुन सांगीतिक साँझ” मा साथ दिनुहुने बाध्यबाधकहरुलाई बिशेष धन्यबाद दिन चाहन्छु । “टिका पुन सांगीतिक साँझ” को अर्काे भाग १० बर्ष पछि फेरी आयोजना गर्ने सोच बनाएकी छु । मलाई साथ सपोर्ट गर्नेहरु सबैलाई नमन प्रकट गर्दछु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...