राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रिय महाधिबेशनको पुर्व सन्ध्यामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं । फागुन ९ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रिय महाधिबेशनको पुर्व सन्ध्यामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा वर्तमान केन्द्रिय अध्यक्ष रमेश बिजीको अध्यक्षता रहेको थियो भने केन्द्रिय महासचिव सुवास केसीले कार्यक्रमको सञ्चालन गरेका थिए । पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पुर्व अध्यक्ष दुर्गा रायमाझी, पुर्व अध्यक्ष चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्री पंगेनी, बरिष्ठ उपाध्यक्ष रिता थापा मगर, बागमती प्रदेशका अध्यक्ष बासु सिम्खडा लगायतका ब्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो । साथै पत्रकार सम्मेलनमा थुप्रै कलाकारहरु र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रिय महाधिबेशन धादिङका्े बेसी शहरमा यही फागुन १२, १३, १४ गते सम्पन्न हुँदै छ । पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भएपनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैं काम गर्न नसकिएको उनले बताए । कलाकर्मीहरुलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको बताए ।

 

सबै फूलहरुलाई फूलाउँछु भनेर बार लगाएपनि त्यस्तो सम्भव नभएको उनले बताए । तत्कालीन समयमा कोभिडको समयमा कलाकारलाई रोग र भोकबाट बचाउन आफूहरु लागिपरेको उनले स्मरण गराए । उनले आफूले पाएको समय भरपूर सदुपयोग गर्ने कोशिस गरेको बताए ।

 

उनले आफूले कतिपय काम प्रचारमा ल्याउन नचाहेर केही काम गर्न नसकेको भन्ने आरोप आफूलाई लाग्ने गरेको पनि बताए । आफूले प्रतिष्ठानको जिम्मेवारीमा रहेर पाएको समयलाई भरपुर सदुपयोग र निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्ने कोशिस गरेको उनले बताए ।

 

प्रतिष्ठानकोे अध्यक्षका हैसियतले इमानदारिताका साथ म आफ्नो कार्यकालको उत्तरार्धमा आइपुगेको छु । यो कार्यकाल सफल गर्नकालागि मलाई पूर्व अध्यक्षज्यूहरुको विश्वास, सहयोग र साथले मलाई बढी हौसला दियो,’ उनले भने ।

 

कोभिडको समयमा प्रतिष्ठानलाई देश विदेशबाट प्राप्त भएको सहयोगका लागि पनि रमेश बिजीले विशेष धन्यवाद दिए । यसपटकको महाधिवेशनको जिम्मा लिएर महाधिवेशनस्थलको रुपमा धादिङ जिल्लालाई छानेको उनले बताए । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको उनले स्पष्ट पारे ।

 

अध्यक्षमा आफू दोहोरिने कुनै मनशाय नरहेको उनले बताए । आठौं महाधिवेशनको मुख्य अतिथिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको उपस्थिति रहने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

 

महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रिय समिति सहितका सबै प्रतिनिधि गरी एक हजार जना भन्दा बढीको उपस्थिति रहने पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...