हिमालय लोक स्टारको उपाधि बलराम विश्वकर्माले जिते

वि.सं.२०८० वैशाख १४ बिहीवार ०९:३०

काठमाडौं । हिमालय लोक स्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा ग्राण्ड फिनाले सम्पन्न भएको थियो ।
विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगद सहित अन्य पुरस्कार पनि प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले विजेतालाई ट्रफी सहित पुरस्कार प्रदान गरेका थिए ।
अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित भए । जितसँगै उनले ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरे । वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भए । उनले २ लाख रुपैयाँ नगद प्राप्त गरे ।
दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ । ६ जना प्रतिस्पर्धीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।
लोकस्टारको फिनालेमा हिमालय टेलिभिजनको आगामी रियालिटी शो हिमालय रोडिजको नयाँ सिजनको पनि घोषणा गरिएको थियो ।

वि.सं.२०८० वैशाख १४ बिहीवार ०९:३०