चर्चित लोक दोहोरी गायिका मिना लामाको चलचित्र “चौबन्दी” को च्यारिटी शो भब्य रुपमा सम्पन्न

काठमाडौं । नेपालमा लकडाउन भएपछि कोरोनाका त्रासले नेपाली चलचित्रहरु ठप्प भएका थिए । लकडाउन खुलेपश्चात बिस्तारै चलचित्रहरु प्रदर्शनमा पनी आउन थाले ।

 

हालः पछिल्लो समयमा एकपछि अर्को गर्दै चलचित्रहरु प्रदर्शन गर्ने क्रम बढ्दो छ । चर्चित लोक दोहोरी गायिका मिना लामाको चलचित्र “चौबन्दी” को जेठ ६ गते शनिबारका दिन च्यारिटी शो भब्य रुपमा सम्पन्न भएको छ । 

 

यस चलचित्रको शो काठमाडौं स्थित बिजी मलको बि.एस.आर. मुभिजको हलमा सम्पन्न भएको हो । चौबन्दी चलचित्र पुर्व मन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । “चौबन्दी” चलचित्रको च्यारिटी शो को अवसरमा बिभिन्न समाजसेबी ब्यक्तित्वहरु र चलचित्र सँग जोडिएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । “चौबन्दी” चलचित्र की निर्माता तथा नायिका समेत रहेकी मिना लामाको कथा रहेको छ भने निरेन श्रेष्ठले निर्देशन गरेका हुन् ।

 

यस चलचित्रमा स्व. कलाकार जयनन्द लामा, रश्मी भट्ट, मिना लामा, दिपाशा बिसी, रितु तामाङ, लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई रोयल मुभिज प्रा.लि.ले निर्माण गरेको हो । यस चलचित्र सामाजिक बिषय बस्तुमा र आफ्नै जिवन कथामा आधारित रहेको कुरा निर्मात्री लामाले बताएकी छिन् । साथै यस चलचित्रलाई नेपालका हलहरुमा प्रदर्शन गर्ने सोंच तुरुन्तै नभएको र बिदेशमा आफु जाने कार्यक्रममा कोसेलीका रुपमा यस “चौबन्दी” चलचित्रलाई लगेर प्रदर्शन गरिने कुरा उनले बताईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...