गायक अशिम कुमार कटुवालको “बाटो छ भिरालो” बोलको गीत सार्वजनिक

वि.सं.२०८० कात्तिक १८ शनिवार ०३:३०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा स्थायी घर दोलखा भएका चर्चित लोक तथा दोहोरी गायक अशिम कुमार कटुवालको “बाटो छ भिरालो” बोलको गीत सार्वजनिक भएको छ । अशिम कुमार कटुवाल र कल्पना पराजुलीको सुमधुर आवाजमा रहेको यस गीतलाई लय बिष्णु तामाङ्गको रहेको छ भने शब्द अशिम कटुवालको रहेको छ ।
बिष्णु तामाङ्गको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा अनिल कट्वाल र अस्मिता रनपाल लगायत अन्य कलाकारहरुको सुन्दर अभिनय देख्न सकिन्छ ।
निरेन श्रेष्ठको निर्देशन, राम केसी को छायांकन र बिष्णु खड्काको सम्पादनमा तयार भएको भिडियोलाई अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

वि.सं.२०८० कात्तिक १८ शनिवार ०३:३०