लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको नयाँ आधुनिक गीत “धेरै माया” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज सकिए लगत्तै बिभिन्न कलाकारहरुले फरक फरक गीतहरु बजारमा ल्याउने होडबाजी चलिरहेको छ।

सोही क्रममा पर्वतको माटोमा जन्मिएका बहुप्रतिभाशाली ब्यक्ति लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको नयाँ आधुनिक गीत “धेरै माया” केही दिन अघी सार्वजनिक भएको छ। उनै कस्तुप पन्तका के भनौ र खोई, अंगुर अमिलो, बिर्सियौ की कुन्नी, देउरालीमा धजा, फुलको थुंगामा, खोली बगर, गंगा जीको पानी, सामजको बन्धन, मायाले मन छुन्छ, उकाली ओराली धाईयो, मन्दिरमा गजुर, सिलौटोमा चटनी, बिजुली चमक्क लगायत दर्जनौ गीतहरुले अत्याधिक चर्चा कमाउन सफल भएका छन्।

दुई दशक देखी सांगीतिक क्षेत्रमा निरन्तर रुपमा क्रियाशिल छन्। अडियो, भिसिडी, सि.आर.बि.टी तथा पि.आर.बि.टी. देखी हाल डिजिटल बजार सम्म आई पुग्दा उनका सयौं गीतहरु चर्चामा छन्। लोक दोहोरी गीतबाट चर्चामा आएका पन्तले सुगम संगीतमा पाईला टेक्दन खोज्दा त्यहाँ पनि नसोचेको सफलता प्राप्त गरे। उनका लोक दोहोरी गीत मात्र हैन दर्जनौ आधुनिक गीतहरु चर्चामा छन्। कस्तुप पन्त पर्वत कलाकार समाज नेपालका संस्थापक अध्यक्ष समेत हुन्। उनी धेरै संघ संस्थाहरुमा पनि आबद्ध छन्। पन्त मौलिक गीतलाई आधार बनाएर गीत सृजना गर्ने, संगीत गर्ने मध्यका एक गीतकार, संगीतकार पनि हुन्।

यो सालको तीजमा “बिजुली चमक्क” गीतले पनि चर्चा कमाउन सफल भयो। “बिजुली चमक्क” गीतको अपार सफलतापछि कस्तुप पन्तले आधुनिक गीत “धेरै माया” सार्वजनिक गरेका हुन्। यस गीतमा प्रमोद खरेलको स्वर रहेको छ भने कस्तुप पन्त कै शब्द, संगीत रहेको छ। गीतको भिडियोमा क्रान्ती केसीले निर्देशन गरेका छन् भने अजय रेग्मीको छायांकन, क्रान्ती केसीको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा बिक्रम बुढाथोकी र सञ्चिता शाहीको अभिनय रहेको छ। यस गीतलाई कस्तुप पन्तकै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...