राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “२४ औं केन्द्रिय वार्षिक साधारण सभा, बिधान अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०८१” पोखरामा भब्य रुपमा सम्पन्न

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “२४ औं केन्द्रिय वार्षिक साधारण सभा, बिधान अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०८१” पोखरामा भब्य रुपमा सम्पन्न भएको छ। यस कार्यक्रम पोराको सभा गृहमा असोज ११ गते र १२ गते सम्पन्न भएको हो।

 

असोज ११ गते उद्घाटन शत्र भएको थियो भने असोज १२ गते बन्द शत्र सुरु भएको थियो। उद्घाटन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो भने गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय सरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो।

 

त्यसैगरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पुर्व अध्यक्ष प्रजापती पराजुली, पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, पुर्व अध्यक्ष बद्री पंगेनी, निवर्तमान अध्यक्ष रमेश बिजी, सम्मानार्थ सदस्य बरिष्ठ गायिका हरिदेबी कोईराला, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य बिखर्ची लगायक अन्य ब्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो।

 

उद्घाटन शत्रमा लोक बहादुर क्षत्री प्रतिभा पुरस्कार सम्मानबाट रेशम गुरुङ, संस्थागत सम्मानबाट बरिष्ठ गायिका प्रतिष्ठान केन्द्रकी संस्थापक कोषाध्यक्ष शान्ता न्यौपाने, लोक पत्रकार सम्मानबाट कमल सरगम, केन्द्रिय सदस्य एबं गायक तथा गायिका सम्मानबाट गायक कुशल बेलबासे र सम्झना भण्डारी नगद सहित प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो भने केन्द्रका निवर्तमान अध्यक्ष रमेश बिजीलाई रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता चरौदी धादिङमा पुर्व अध्यक्षहरुको सम्मानमा छटुको हुँदा उद्घाटन शत्रको अवसरमा सम्मान गरिएको थियो।

 

कार्यक्रममा प्रतिष्ठान केन्द्रका बरिष्ठ उपाध्यक्ष पशुपती शर्माले स्वागत मन्तब्य राखेका थिए भने गण्डकी प्रदेशले नृत्यबाट स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन शिब हमालले गरेका थिए। १२ गते बन्द शत्रको दिन केन्द्रिय महासचिव शिब हमालले सांगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने प्रतिष्ठान केन्द्रका कोषाध्यक्ष अमृत अधिकारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

 

बिधान संसोधनमा संस्थापक केन्द्रिय सदस्य तथा बिधान मस्यौदा समितीका संयोजक हरी न्यौपानेले बिधान माथी प्रकाश पारेका थिए। बिधान संसोधन पश्चात प्रतिष्ठान की केन्द्रिय रिता थापा मगरको हातद्धारा ठमेल समिति (अर्जुन खड्का) अनुशासित समिति, ओखलढुंगा शाखा (बाल कुमार श्रेष्ठ) अनुशासित शाखा, बागमती प्रदेश (बासु सिम्खडा) अनुशासित प्रदेश, रुकुम पश्चिम शाखा (तुल देबकोटा) उर्जाशिल शाखा, गण्डकी प्रदेश (माया गुरुङ) उर्जाशिल प्रदेश, कञ्चनपुर शाखा (लाल बहादुर धामी) शिर्जनशिल जिल्ला, कर्णाली प्रदेश (हरीमाया) सिर्जनशिल प्रदेश, सुदुरपश्चिम प्रदेश (पुर्ण ब.) संस्थागत प्रोत्साहन, कतार शाखा (शिबराम ढकाल) उत्कृष्ठ बिदेश शाखा, पर्वत शाखा (पुजा कार्की) उत्कृष्ठ शाखा, लुम्बिनी शाखा (दिपु पुन मगर) उत्कृष्ठ प्रदेश, कास्की शाखा अध्यक्ष (तुलशा जि.सी.) उत्कृष्ठ जिल्ला अध्यक्ष, उपत्यका समन्वय समिति (अर्जुन थापा मगर) उत्कृष्ठ प्रदेश समन्वय समिति, केन्द्रिय सदस्य (उषा सुबेदी) बर्ष केन्द्रिय सदस्य महिला, केन्द्रिय सदस्य (कृष्ण गौतम) बर्ष केन्द्रिय सदस्य पुरुष तर्फ सम्मान गरिएको थियो।

 

साथै कार्यक्रम ब्यवस्थापन कास्की जिल्ला शाखाले गरेको थियो भने गण्डकी प्रदेशले सह -आयोजकको भुमिका निभाएको भन्दै सम्मान गरिएको थियो। बन्द शत्र तथा समापन कार्यक्रममा संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पुर्व अध्यक्ष प्रजापती पराजुली, पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, पुर्व अध्यक्ष बद्री पंगेनी, निवर्तमान अध्यक्ष रमेश बिजी, संस्थापक कोषाध्यक्ष शान्ती गुरुङ, संस्थापक सदस्य शान्ता न्यौपाने, संस्थापक सदस्य धन कुमारी थापा, संस्थापक सदस्य तथा बिधान मस्यौदा समितिका संयोजक हरी न्यौपाने, नेपाली लोक गीत संगीतलाई पुन योग्दान दिएकी कोषी प्रदेश की कोषाध्यक्ष सकुन्तला कार्की लगायत अन्यलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो। कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्न सबैले योग्दान दिएको भन्दै बिशेष धन्यबाद दिदै केन्द्रिय अध्यक्ष रिता थापा मगरले सभा बिसर्जन गरेको कुरा प्रतिष्ठान केन्द्रका सञ्चार समन्वय बिभागका संयोजक राज कुमार रायमाझीले जानकारी गराएका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...