तृप्ती खड्का गुरुङ र करण परियारको स्वर रहेको गीत “तिम्रो झझल्को” सार्वजनिक
वि.सं.२०८१ पुस १८ बिहीवार ०४:२१
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गायिका तथा संगीतकार तृप्ती खड्का गुरुङ र करण परियारको स्वर रहेको गीत “तिम्रो झझल्को” सार्वजनिक भएको छ। यस गीतमा तृप्ती खड्काको संगीत र कवि तथा गीतकार हरी उप्रेतीको शब्द रहेको छ।
सो गीतको एरेन्ज राजेन्द्र श्रेष्ठले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ नरेश पाण्डेले गरेका हुन् । सारेगम स्टुडियो, सामाखुसीमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा विजय गुरुङ र नेहा गौतमको अभिनय रहेको छ ।
भिडियोमा निर्देशन विजय गुरुङको रहेको छ भने राजाराम सिंखडाले कोरियोग्राफी, प्रकाश खड्काको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ। यस गीतलाई हरी उप्रेतीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८१ पुस १८ बिहीवार ०४:२१