चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

काठमाडौं। चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुरको आयोजनामा शनिवार गोदावरी पञ्चदेवल पिकनिक स्पोर्ट अवस्थित “तेक्वान्दो पुम्से प्रतियोगिता तथा बनभोज कार्यक्रम – २०८१” सम्पन्न भव्य रुपमा भएको हो।

उक्त प्रतियोगितामा ललितपुरका नव बिहानी तेक्वान्दो डोजाङ, पिस प्वईन्ट वेक्वान्दो एकेडेमी, समता तेक्वान्दो डोजाङ,दिक्षान्त तेक्वान्दो डोजाङ, ए.भि.एस. तेक्वान्दो डोजाङ, डि।ए।भी। स्कूल, जेम्स स्कुल लगायत ९ वटा स्कुल डोजाङ हरुबाट कूल २२५ खेलाडीहरुको सहभागीता रहेको थिए । नव बिहानी तेक्वान्दो डोजाङ सो प्रतियोगितामा उत्कृष्ट बन्न सफल भए। साथै बिजेता खेलाडीहरुले ट्रफी,मेडल,प्रमानपत्र र आकर्षक गिफ्ट ह्याम्फरहरु प्राप्त गरे।

आगामी दिनमा पनी पाँचौ, छैंटो गर्दै यस्ता धेरै प्रतियोगिताहरु आयोजना गरी तेक्वान्दो खेललाई विस्तार गराउनुको साथै रास्ट्रको लागि दक्ष खेलाडीहरु उत्पादन गर्ने लक्ष्य रहेको ललितपुर जिल्ला तेक्वान्दो कार्यसमिती का अध्यक्ष तथा मास्टर बिमल कुमार आछामीले बताए।

सो प्रतियोगिता राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुरको अध्यक्ष मास्टर बिमल कुमार आछामीको सभापतित्वमा सम्पन्न भएको हो। यस प्रतियोगीतामा गोदावरी नगरपालिका वडा नं ३ का वडाध्यक्ष, समाजसेवी,तथा अभिनेता कलाकार राज घिमिरे ज्यु,महालक्ष्मी नगरपालिका वडा नं.१ का वडाअध्यक्ष छिरिङ लामा ज्यु, समाजसेवी तथा नेपाल ब्रेकिङ्ग एन्ड डान्स स्पोर्ट्स संघ बागमती प्रदेशका अध्यक्ष रबिन सिलवाल ज्यु,इमाडोल युनिटी क्लबका अध्यक्ष गोपल श्रेष्ठ ज्यु, राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुरका कोषाध्यक्ष तथा समाजसेवी मन्दिरा अधिकारी ज्यु, पत्रकारहरु,लगायत विभिन्न सामाजिक क्षेत्रका ब्यक्तित्वहरुको आतिथ्यतामा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय सदस्य एवं सिनियर प्रक्षिक्षक गौतम मान मर्हजनले जुरीको महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन्। त्यसै गरि स्टारआर्ट नेपाल बालकुमारी ललितपुरबाट स साना भाई बहिनीहरुको आकर्षक नृत्य, बिबोईङ्ग डान्स र जिम्नास्टिकले उपस्थिति सम्पुर्ण अतिथी,अभिभावक, खेलाडीहरु एवं बाहिरी दर्शकहरूको ध्यान खिच्न सफल भएका थिए। उनीहरुको नृत्य तथा आफ्नो प्रस्तुतीले गर्दा कार्यक्रमको माहोल तात्दै थप मनोरञ्जनात्मक र रोमाञ्चित बनेको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

वि.सं.२०८३ जेठ २४ आइतवार ०६:०८

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न...

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

वि.सं.२०८३ जेठ २१ बिहीवार ०४:२१

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

वि.सं.२०८३ जेठ २० बुधवार १४:४८

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पठाइदिने भन्दै...

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

वि.सं.२०८३ जेठ १८ सोमवार ०६:११

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १७:१५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ १७ आइतवार १६:२७

धनकुटा। जय नेपाल फाउण्डेसनको राष्ट्रिय अभियान "जय नेपाल यात्रा -...