“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड गराएर सांगीतिक यात्रा सुरू गरेका गायक पुरूषोत्तम न्यौपानेले एकल साँझको सुरूमा सोही गीत गाए । त्यसपछि स्रोता÷दर्शकले रूचाएका गीतहरू क्रमशः सुनाउँदै गए ।

स्याङजामा जन्मिएका र पोखरालाई कर्मथलो बनाएका अग्रज लोक गायक न्यौपाने शुक्रबार पोखरामा एकल सांगीतिक साँझमा गुञ्जिएका थिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा “एनसेल– पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” आयोजना गरेको हो । यसअघि पोखरा सभागृहमा २०६६ चैत २२ मा न्यौपानेको सांगीतिक साँझ गरिएको थियो । सो ठाउँमा ठ्याक्कै १५ वर्षपछि गुञ्जिएका उनलाई सुन्न र उनको प्रस्तुतिमा झुम्न लोक संगीतप्रेमीको बाक्लो उपस्थिति रह्यो ।

गायक न्यौपानेले सम्बन्धित गीतसँग जोडिएका केही कुरा राख्दै गीत प्रस्तुत गरेका थिए । उनले ‘ढुंगेधारामा, देउरालीमा ध्वजा, झिलझिल सितारा, सररर पानी घट्टमा, रून्छ नी मन किन रूँदैन, घामजस्तो चम्किलो जुन हुँदैन, ऐना हेरेर, मिर्मीमुनी काली थुनेको’ लगायतका १८ वटा गीत गाए ।गायक न्यौपानेले कतिपय गीतले आन्तरिक पर्यटन प्रबद्र्धनमा समेत टेवा पु¥याएको बताए । ‘मिर्मीमुनि काली थुनेको’, ‘आँधिखोला स्याङजा बजारमा’ आदि गीत त्यसको उदाहरण भएको उनले बताए ।

सांगीतिक साँझमा न्यौपानेको जीवनीबारे तयार पारिएको श्रव्यदृश्य सामग्री देखाइएको थियो भने विभिन्न संघसंस्थाले उनलाई सम्मानसमेत गरेका थिए ।१ हजारभन्दा बढी गीतमा स्वर दिएका न्यौपाने दोहोरीगीत प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् । लामो समयदेखि सञ्चारकर्ममा समेत सक्रिय न्यौपाने रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रूपमा कार्यरत छन् ।

आयोजित सांगीतिक साँझ समुद्घाटन गर्दै प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मानिसका पीर–मर्का र खुसीलाई छुने गीत नै कालजयी हुने बताए । उनले गीत–संगीतले समाज रूपान्तरणमा भूमिका खेल्ने भएकाले यसको शक्ति ठूलो रहेको बताए ।

दोहोरी गीत प्रतिष्ठानले गत वर्ष काठमाडौँमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ गरेको थियो । बर्सेनि एक अग्रज लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजनालाई यसवर्ष पनि निरन्तरता दिँदै कार्यक्रम गरिएको प्रतिष्ठान अध्यक्ष रीता थापा मगरले बताइन् । पोखराको सांगीतिक साँझ पनि सबैको साथ र सहयोगले भव्य भएको उनले बताइन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...