केही समय गुमनाम भएका गायक कृष्ण रेउलेको चर्चा चुलिदो “कुरै खलास” (भिडियो ट्रेडिङमा)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा केही दिन अघी सार्वजनिक भएको गीत “कुरै खलास” अहिले ट्रेडिङमा पर्न सफल भएको छ।

 

बहुप्रतिभाशाली कलाकार कृष्ण रेउले हरेक बिधामा पोख्त छन्। उनले मिठो गाउछन्, लय तथा शब्द पनि उत्कृष्ट बनाउछन्। नृत्यमा पनि अब्बल छन् बाध्यबादनमा पनि पोख्त छन्। मान्छे एक प्रतिभा अनेकका रुपमा उनलाई लिईन्छ।

 

कृष्ण रेउलेमा यती क्षमता भएर पनि किन दर्शकहरुको नजरमा पर्न सकेका छैनन् भन्ने पनि प्रश्नहरु आईरहन्छन्। यस गीत सार्वजनिक हुनु भन्दा पहिला अन्य गीतहरु पनि सार्वजनिक भएका थिए। तर केही गीतहरु चर्चामा आएता पनि उनलाई कृष्ण रेउले यही हो भनेर चिन्न सक्ने थिएनन्। तर अहिले “कुरै खलास” नामक गीत मार्फत कृष्ण रेउलेको चर्चा चुलिदै छ। यस गीत दर्शकहरुले छोटो समयमै रुचाएकाले ट्रेडिङमा पर्न सफल भएको हो। कृष्ण रेउले दुई दशक भन्दा बढी यस क्षेत्रमा क्रियाशिल छन्।

 

उनी देश तथा बिदेशका कार्यक्रमहरुमा पनि ब्यस्त छन्। कसैले चिन्न नसकेको हिरालाई अहिले चिन्दा उनका शुभचिन्तकहरु धेरै खुसी छन्। सांगीतिक क्षेत्रमा लगानी डुबाउने मध्यका कलाकारमा कृष्ण रेउले पनि गनिन्छन्। “कुरै खसास” नामक गीतमा कृष्ण रेउलेको ८ देखी १० लाख सम्म खर्च गरिएको अनुमान गरिएको छ। लगानी गरे अनुसार थोरै कलाकारहरुका गीतहरुले मात्र राम्रो आम्दानी गर्न सफल भएका छन्। दुर्गेश थापाले खर्च गरेर चर्चा भाको छ भने झै लाखौ खर्च गरेपछि कृष्ण रेउलेको अहिले ब्यापक चर्चा हुन थालेको छ। लगानी बिना केही पनि हुँदैन भन्ने यो एउटा उदाहरण पनि हो। यस गीतले लगानी अनुसारको आम्दानी कती गर्छ भन्ने कुरा समयले बताउने छ।

 

“कुरै खसास” गीतमा कृष्ण रेउले, एलिना चौहान र रेशम पुनको स्वर रहेको छ भने मञ्जित पुनको शब्द, ऋषी खड्काको संगीत रहेको छ। यस गीतको भिडियोमा बिक्रम चौहानको निर्देशन रहेको छ भने युमी बलामीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन, बिकाश ज्ञवालीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा प्रियंका कार्की, बिमल अधिकारी, बिक्रम बुढाथोकी, बिजय पुन, करिश्मा शाही, जोयम पुन, कृष्ण रेउले आदीको अभिनय रहेको छ। यस गीतलाई कृष्ण रेउलेको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...