केही समय गुमनाम भएका गायक कृष्ण रेउलेको चर्चा चुलिदो “कुरै खलास” (भिडियो ट्रेडिङमा)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा केही दिन अघी सार्वजनिक भएको गीत “कुरै खलास” अहिले ट्रेडिङमा पर्न सफल भएको छ।

 

बहुप्रतिभाशाली कलाकार कृष्ण रेउले हरेक बिधामा पोख्त छन्। उनले मिठो गाउछन्, लय तथा शब्द पनि उत्कृष्ट बनाउछन्। नृत्यमा पनि अब्बल छन् बाध्यबादनमा पनि पोख्त छन्। मान्छे एक प्रतिभा अनेकका रुपमा उनलाई लिईन्छ।

 

कृष्ण रेउलेमा यती क्षमता भएर पनि किन दर्शकहरुको नजरमा पर्न सकेका छैनन् भन्ने पनि प्रश्नहरु आईरहन्छन्। यस गीत सार्वजनिक हुनु भन्दा पहिला अन्य गीतहरु पनि सार्वजनिक भएका थिए। तर केही गीतहरु चर्चामा आएता पनि उनलाई कृष्ण रेउले यही हो भनेर चिन्न सक्ने थिएनन्। तर अहिले “कुरै खलास” नामक गीत मार्फत कृष्ण रेउलेको चर्चा चुलिदै छ। यस गीत दर्शकहरुले छोटो समयमै रुचाएकाले ट्रेडिङमा पर्न सफल भएको हो। कृष्ण रेउले दुई दशक भन्दा बढी यस क्षेत्रमा क्रियाशिल छन्।

 

उनी देश तथा बिदेशका कार्यक्रमहरुमा पनि ब्यस्त छन्। कसैले चिन्न नसकेको हिरालाई अहिले चिन्दा उनका शुभचिन्तकहरु धेरै खुसी छन्। सांगीतिक क्षेत्रमा लगानी डुबाउने मध्यका कलाकारमा कृष्ण रेउले पनि गनिन्छन्। “कुरै खसास” नामक गीतमा कृष्ण रेउलेको ८ देखी १० लाख सम्म खर्च गरिएको अनुमान गरिएको छ। लगानी गरे अनुसार थोरै कलाकारहरुका गीतहरुले मात्र राम्रो आम्दानी गर्न सफल भएका छन्। दुर्गेश थापाले खर्च गरेर चर्चा भाको छ भने झै लाखौ खर्च गरेपछि कृष्ण रेउलेको अहिले ब्यापक चर्चा हुन थालेको छ। लगानी बिना केही पनि हुँदैन भन्ने यो एउटा उदाहरण पनि हो। यस गीतले लगानी अनुसारको आम्दानी कती गर्छ भन्ने कुरा समयले बताउने छ।

 

“कुरै खसास” गीतमा कृष्ण रेउले, एलिना चौहान र रेशम पुनको स्वर रहेको छ भने मञ्जित पुनको शब्द, ऋषी खड्काको संगीत रहेको छ। यस गीतको भिडियोमा बिक्रम चौहानको निर्देशन रहेको छ भने युमी बलामीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन, बिकाश ज्ञवालीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा प्रियंका कार्की, बिमल अधिकारी, बिक्रम बुढाथोकी, बिजय पुन, करिश्मा शाही, जोयम पुन, कृष्ण रेउले आदीको अभिनय रहेको छ। यस गीतलाई कृष्ण रेउलेको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...